अत्तरिया - शारिरीक तथा मानसिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुको पक्षमा निरन्तर रुपमा काम गर्दै आइरहेको परिलक्षित (फोरवार्ड लुकिङ्ग) संस्थाले कैलालीका बिभिन्न स्थानिय तहमा रहेका अपाङगता भएका ब्यक्तिहरुलाई राहत बितरण गरेको छ ।
संस्थाले कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका कैलालीका ६ स्थानिय तहमा रहेका बिभिन्न किसिमका अपाङगता भएका ९२ जनालाई राहत वितरण गरेको हो ।
जस मध्ये गोदावरी नगरपालिका वडा नं ८ मा १४ , वडा नं ११ मा २० , गौरीगंगा नगरपालिका वडा नं ७ मा १५ , घोडाघोडी नगरपालिका वडा नं १ मा १५ , सोही नगरपालिकाको वडा नं २ मा १५ र बर्दगोरिया गाउँपालिका वडा नं ७ मा १३ जना गरी ९२ जनालाई राहत वितरण गरिएको परिलक्षित संस्था कैलालीका संयोजक पुष्पा रोकायाले जानकारी दिइन् ।
उनका अनुसार शारिरिक अपाङगता भएका ६४ जना , बहिरा १३ , दृष्टिबिहिन ६ , बौद्धिक ७ , न्युनदृष्टि १ र सुस्तमनस्थिती १ जना गरी ५६ जना परुष र ३६ जना महिलालाई राहत दिइएको हो ।
उनीहरु प्रत्येकलाई २५ के.जी चामल , २ के.जी दाल , २ के.जी नुन , २ लिटर तेल , ४ पिस नुहाउने साबुन र १ पिस कोलेगेट प्रदान गरिएको हो । उनीहरुलाई स्थानिय तहहरुको समन्वय र परिलक्षित संस्थाले निर्माण गरेको समुहहरुको सहकार्यमा राहत बितरण गरिएको थियो ।