धनगढी – सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कन्चनपुरको भिमदत्त ३२ र ४३ बर्षिय महिला, २३, २५ र ३२ बर्षिय पुरुष, पुनरवास नगरपालिकाका १९, २०, २२, २४, २७, २९, ३०, ३१, ३६, ३९, ४०, ४३ र ४८ पुरुष र शुक्लाफाटाका २० बर्षिय पुरुष रहेका छन ।
दार्चुलाको लेकमका २० बर्षिय पुरुष, दार्चुलाको महाकालीका २८ बर्षिय पुरुष, शैलेशिखरका १७, २०,२०,२१,२७, २९, ३०, र ३४ बर्षिय पुरुष रहेका छन ।
त्यस्तै डडेल्धुराका अमरगढीका १८ बर्षिय महिला र ४५ बर्षिय पुरुष, जोगबुढाका २२, २५ र २७ बर्षिय पुरुष, नवदुर्गाका २० र २१ बर्षका पुरुष रहेका छन ।
कैलालीको जानकी गाउँपालिकाका ४२ बर्षिय पुरुष रहेका छन । यो संगै सुदूपश्चिममा संक्रमितको संख्याय १ सय ४७ पुगेको छ ।
सुदूरपश्चिममा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भईसकेको छ ।