अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका ५० जना अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरिएको छ । आईतबार छाया नेपाल काठमाण्डौंको आर्थिक सहयोग तथा सुदूरपश्चिम समावेसी आधारभूत विद्यालय र अपाङ्ग एकता सामाज कैलालीको समन्वय र सहकार्यमा नगरभित्र रहेका ५० जनालाई राहत वितरण गरिएको हो ।
गोदावरी नगरपालिका संगको समन्ययमा गरिएको राहत वितरणमा नगरपालिकाको वडा नम्बर १ का ३, वडा नम्बर २ का ६, वडा नम्बर ३ का ६, वडा नम्बर ६ का १, वडा नम्बर ७ का ४, वडा नम्बर ८ का ३, वडा नम्बर ९ का ६, वडा नम्बर १० का ४, वडा नम्बर ११ का ८ र वडा नम्बर १२ का ९ जनालाई राहत वितरण गरिएको हो ।
उनीहरुलाई प्रति व्यक्ति २५ किलोग्राम मसिनो चामल, २ किलोग्राम दाल, १ लिटर तेल, २ किलोग्राम नुन, १ टुटपेस्ट, २ साबुन र १ ओटा झुल वितरण गरिएको वितरण कार्यक्रमका संयोजक मान बहादुर साउँदले बताए ।
गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत र वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण राज जोशी मार्फत एक अनौपचारीक कार्यक्रमका बिच राहत वितरण गरिएको थियो । रातह वितरण कार्यक्रममा अपाङ्ग एकता सामाज कैलालीका अध्यक्ष बिष्णु जोशी, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमका सदस्य अनिल मल्ल, सामाजसेवी डबल साउँद लगायतको सहभागिता रहेको थियो ।
कोरोना महामारी दिन प्रतिदिन बढ्दै गएकाले उक्त राहत सामग्री सम्बन्धित व्यक्तिहरुको पायक पर्ने ठाउँमा वितरण गर्नुपर्ने आवश्यकतालाई महशुस गरी आज नै सम्बन्धित स्थानमै गएर राहत वितरण गरिएको कार्यक्रमका संयोजक साउँदले बताए । आफ्नौ ठाउँमा राहत सामग्री पाएका अपाङ्गता भएका व्यक्तिले राहत पाएपछि खुसि व्यक्त गरेका थिए ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको महामारी र लकडाउनले दैनिकी चलाउन समस्या भईरहेका बेला अपाङ्गता भएका व्यक्ति झनै बढी समस्यामा परेका छन । तर, उनीहरुले अहिले पनि सरकारी निकायबाट भने खासै राहत पाउन सकिरहेका छैनन् । उनीहरुको यहि समस्यालाई मद्यनजर गरी लकडाउन यता राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व केन्द्रिय सदस्य समेत रहेका मान बहादुर साउँदले आफ्नो सक्रियता बढाएका छन । उनले लकडाउनमा समस्यामा परेका अपाङ्गता भएका व्यक्तिहरुका लागि बिभिन्न संघ सस्था र स्थानिय तहहरुको समन्वयमा १ सय ३६ जनालाई राहत वितरण गरिएको बताए ।
‘सुरुमा मेरुदण्ड पक्षघात भएका ११ जनालाई लाईन्स क्लब अत्तरिया, गोदावरी नगरपालिका संग समन्वय गरी घरमै गइ राहत वितरण कार्य सुरु गरका थियौं ।’ उनले भने ‘ त्यसपछि बिभिन्न ठाउबाट राहत सहयोग हुने क्रम बढ्दै गयो । सो क्रममा १ सय ३६ गरिव तथा स्वय अपाङ्गता व्यक्तिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छौ ।’