अत्तरिया -कैलालीको गोदावरी नगरपालिकामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य अबस्थाबारे धेरैले चासो र चिन्ता ब्यक्त गरिरहेका छन् ।
देशभर संक्रमितको संख्या बढ्दै गएको अबस्थामा गोदावरी नगरपालिकामा पहिलो पटक जनप्रतिनिधिलाई नै संक्रमण देखिएपछि सम्पूर्ण नगरबासीहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनावाट बच्नका लागि नगरपालिकामा दिनरात नभनि सक्रियताका साथ खटिरहेका उनलाई अहिले फोन , एसएमएस र सामाजिक संजाल मार्फत सबैले स्वास्थ्य लाभको कामना गरिरहेका हुन् । खास गरी उनले नगरपालिकामा बहिरबाट आउने स्थानियहरुको शुरुका दिनदेखी नै उद्दार र ब्यबस्थापनको काम गर्दै आएको थिए ।
शुरु देखि नै उनी आफ्नो टिम सहित अलग्गै बस्ने गरेका थिए । नगरपालिकाले दिएको जिम्मेवारी अनुसार उनी रातदिन नभनेर स्थानियको उद्दार र ब्यबस्थापनमा सकृय थिए । यस बिचमा उनी धेरैको सम्पर्कमा रहन पुगेका थिए ।
उनले आफ्नो स्वास्थ्यमा कुनै परिर्वतन नभई ठिक नै रहेको बताएका छन् । आज बिहान गोदावरी एफ.एमको बिपदमा रेडियो कोरोना बिषेश कार्यक्रममा बोल्दै उनले आफ्नो स्वास्थ्य अबस्था बारे चासो र चिन्ता ब्यक्त गर्ने सबैलाई धन्यवाद दिदै आफुमा अहिले सम्म कोरोनाको कुनै लक्षण नदेखिएको बताएका हुन् ।
गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेका उनले भने मेरो स्वास्थ्यप्रति जो जतिले पनि चासो र चिन्ता ब्यक्त गर्नुभएको छ ,सर्वप्रथम त सबैलाई हृदय देखी धन्यवाद दिन चाहान्छु ।
चेकजांचका क्रममा कोरोना पोजेटिभ आएपछि म अहिले सेल्फ आइसोलेसमा रहेको छु , अहिले सम्म त्यस्तो प्रकारको कुनै लक्षण देखिएको छैन पहिला जस्तो थिए अहिले पनि त्यस्तै छु । उनले बिषेश सर्तकता अपनाउँदा अपनाउँदै पनि आफु कहिले संक्रमितको सम्पर्कमा गए भन्ने कुरा थाहा नै नभएको बताए ।
उनले आफुलाई संक्रमण भएपनि उच्च मनोबलका साथ चांडै कोरोनालाई जितेर फेरि पनि नगरबासीको सेवा खटिने बताएका छन् । उच्च मनोबलका साथ कोरोना बिरुद्धको लडाईलाई जसरी पनि जितेर आउने बताउदै उनले यो महामारीवाट जोगिनका लागि आ आफ्नो ठाउँमा बिषेश सर्तकता अपनाउन सबै नगरबासीलाई आग्रह समेत गरेका छन् ।