अत्तरिया – कैलालीका १३ ओटा स्थानिय तहमद्ये ९ ओटा स्थानिय तहहरुमा कोरोना संक्रमण फैलिसकेको छ । यो खबर तयार पार्दा सम्म जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाडोडी नगरपालिका, गौरिगंगा नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्की चुहा नगरपालिका, जानकी गाउँपालीका र बर्दगोरीया गाउँपालिकामा कोरोना संक्रमण फैलिएको हो ।
जसमा सबैभदा बढी कोरोना संक्रमित गौरिगंगा नगरपालिका १९ जना रहेको छन । त्यस्तै धनगढी उपमहानगरपालिकामा ९, टीकापुर नगरपालिकामा ४, लम्कीचुहा नगरपालिकामा २, भजनी नगरपालिकामा १, गोदावरी नगरपालिका १, घोडाघोडी नगरपालिकाका १, जानकी गाउँपालिकामा ८ र बर्दगोरीया गाउँपालिकामा १ जना रहेका छन ।
जसमद्ये जानकी गाउँपालिकाका ५, धनगढी उपमहानगरपालिका र लम्की चुहा नगरपालिकाका २÷२ जना निको भएर घर फर्किसकेका छन । त्यस्तै धनगढीकी उपमहानगरपालिकाकी एक महिलाको मृत्यु भईसकेको छ ।
कैलालीका चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका र जोशिपुर गाउँपालिकामा अहिले सम्म कोरोनाको संक्रमण देखिएको छैन ।