टिकार्जन शिवाकोटी – अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भोलीका दिनहरु नेपालको लागि निकै चुनौतीपूर्ण रहेको छ किनभने आज नेपाल पुरै अन्तर्राष्ट्रिय समुदाय कोरोना भाइरसबाट आक्रान्त छ र नेपाल पनि निश्चित रुपमा प्रभावित हुने नै भयो विश्वव्यापीकरणको कारणले गर्दा । तसर्थ ,नेपालका आउने दिनहरु कस्ता कस्ता सम्भावना र चुनौतिहरु छन त छोटकरिमा कुरा गर्न चाहन्छु ।
चुनौतीहरु
- एकासि अन्तर्राष्ट्रिय समुदायबाट अप्रत्यासित रुपमा नेपालमा कोरोना भित्र्रिएको छ र यो विस्तारै विस्तारै बढ्ने क्रममा छ र यो आउने दिनमा खतरनाक हुने सम्भावना देखिदै छ ।
- आर्थिक स्रोत जुटाउने सवालमा निकै हम्मे हम्मे पर्ने देखिन्छ किनभने अब प्रत्यक्ष विदेशी लगानी घट्ने देखिन्छ ।
विप्रेषण पनि अब घट्ने देखिन्छ किनभने आर्थिक मन्दिका कारणले अन्तर्राष्ट्रिय श्रम बजारबाट धेरै मात्रामा नेपाली कामदारहरू स्वदेशमा आउने देखिन्छ ।
- वैदेशिक अनुदानमा पनि कटौतीको सम्भावना छ ।
- नेपालमा रोजगारीको कटौतीको व्यापक सम्भावना छ ।
- समाजमा अराजकता ,अपराधिक कार्यहरु बढ्ने अवस्था छ जसले गर्दा समाजमा शान्ति सुरक्षाको अवस्था झनै गम्भीर हुने स्थिति छ ।
- आम जनतामा निरासता, रिसराग, डाह, बैमनु्यता, घृणा ,अहङकार जस्ता कुराहरु अझै बढ्ने देखिन्छ ।
- राजनीति सेवा नभएर पेशा अनि व्यापार हुने सम्भावना सझै व्यापक रुपमा हुने देखिन्छ ।
- सरकारलाई अझै ठुलो आर्थिक ,समाजिक ,नैतिक दायित्व बढ्ने देखिन्छ ।
- सरकारी तथा नीजि क्षेत्रलाई अझै धेरै आर्थिक, सामाजिक, नैतिक दवाब र समस्या देखिन सक्छ ।
- मान्छेले धैर्य, विस्वास, विवेक, मर्यादा, सभ्यता, सम्यमितता, अनुशासन गुमाउने सम्भावना अझै बढ्न सक्छ ।
विकासको मोडल
सङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपालको अवको विकास मोडलमा निम्न कुराहरु समावेश गरिनु पर्दछ ।
१)प्रकृतिमैत्री
(२) आत्मनिरभर केन्दित
(३) विज्ञान प्रविधिको अधिक्तम उपयोग गर्ने तर मानवकेन्दीत हुने
(४) सामाजिक न्याय स्थापित
(५) समावेशिकरणको वृति
(६) श्रमजीवी वर्ग केन्द्रीकृत
(७) दिगो विकासको चरित्र बोकेको
वजेट यस्तो हुन पथ्र्यो
(१) कोरोना पिढितलाई राहत अनुभुत गराउन सक्ने रोकथाम, नियन्त्रण र उपचार हुन सक्ने
(२) खाडल खन्न लगाउ, फेरी पुर्न लगाउ खनेको र पुरेको दुबैको ज्याला देउ मतलब अर्थतन्त्र चलाएमान बनाउ
(३) आजको आवश्यकता कृषिको आधुनिकिकरण (कृषि क्रान्ति ) हो ।
(४) लगभग २० लाख नेपालिहरु विदेशबाट आउनेवाला छन् । तिनिहरुलाई नि व्यवस्थापन गर्ने हिसाबले नीति निर्माण र योजना बनाइनु आजको समयको माग हो ।
(५) त्यसका लागि के के गरेर रोजगारी सिर्जना गर्न सकिन्छ त्यो अनुसारको decision making and policy making को काम गर्नु प-यो ।
(६) उत्पादनमा वृद्धि हुने किसिमका नीति तथा कार्यक्रममा जोड दिन आवश्यक छ ।
सम्भावनाहरु
(१) हामीसँग प्रचुर मात्रामा पर्यटकिय स्थलहरु रहेका छन । सगरमाथा, लुम्बिनी, पशुपति, तालहरु, अनेकौं मन्दिहरु ऋादि ।
(२) जलविद्युतको सम्भावना छ । धैरै अटुट रुपमा बग्ने नदिहरु छन । सप्तकोसी, सेती, कर्णाली, तामाकोसी आदि । करिब ८३००० मेघावाट जलविद्युत निकाल्ने सम्भावना छ ।
(३) लाखौंको सङ्ख्यामा रहेका श्रमजीवी हातहरु विकास, समृद्ध र समाज कल्याण अन्तिम लक्ष्य भएर केही गर्न आतुर रहेको अवस्था छ ।
(४) अन्तर्राष्ट्रिय समुदायका राष्ट्रहरु पनि लगानीको उचित वातावरणको खोजिमा छन् । निसनदेह पनि उनिहरुलाई विस्वासमा लिन सकिन्छ ।
(५) देशमा अहिले तुलनात्मक रुपमा उर्जा संङ्कटको समस्या छैन् । यसलाई राम्रो सँग उच्चतम उपयोग गर्न सकिने अवस्था पनि छ ।
(६) राजनीतिमा वैचारिक रुपमा त्यती धेरै असमजदारिहरु छैनन् । विकास र समृद्धि हासिल गर्नको लागि किनभने सवै राजनैतिक दलका अन्तिम लक्ष्य भनेको आर्थिक समृद्ध नै हो । तेस्मा खासै मतभेद छैन ।
(७) रुपमा बाहिर जे देखिए पनि सारमा राजनैतिक रुपमा स्थायित्व नै देखिन्छ ।
(८) बैंक तथा वितिय सघं सस्थाहरुको पहुचमा पनि अत्याधिक पहुच र वृद्धि भएको अवस्था छ । धेरै आम जनता तेसमा सचेत नै देखिन्छन् ।
(९) सुचना र प्रविधिमा धेरै भन्दा धेरै आम नागरिकको पहुचमा व्यापक रुपमा उल्लेखनीय रुपमा विकास भएको छ ।
(१०) विभिन्न मानव विकास सुचकहरुले सकारात्मक नै देखाएको छ ।
(११) राष्ट्रिय गौरबका आयोजनाहरु धमाधम सन्चालनमा आईरहेका छन् । जस्तै भेरि बंबई बहुउद्देश्यीय परियोजना ,लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल, अपर तामाकोशि जलविद्युत परियोजना,बुढीगण्डकि जलविद्युत परियोजना, वाग्मती सिचाइ परियोजना आदी ।
(१२) अरु पनि थुप्रै भौतिक पुर्वाधारका क्षेत्रमा व्यापक रुपमा कार्यहरु सन्चालनमा आएका छन ।
निस्कर्ष
सवै राजनैतिक दलहरुको अन्तिम लक्ष्य भनेको दिगो आर्थिक विकास र समृद्धि नै हो र यसमा कुनै फरक मत नै छैन । तसर्थ उक्त लक्ष्य हासिल गर्नका हेतु सबैले आफेनो ठाउँबाट उल्लेखनीय योगदान गर्न पर्छ । जस्तै –
(१) भएको श्रोत साधनको अधिक्तम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने
(२) सबै क्षेत्रमा रहेकाले आफेनो काम ,कर्तव्य र अधिकारलाई मर्यादित, विवेकशील र अनुशासनमा रहेर काम गर्ने ।
(३) व्याक्तिगत, दलगत स्वार्थ भन्दा माथि उठेर समाज कल्याणमा आफ्नो सम्पूर्ण ध्यान अनि कर्म लाई लगाउन प¥यो ।
(४) सन्चालनमा आएका परियोजनालाई समापन तर्फ पुयाउन आवश्यक कदमहरु सबैबाट हुनप¥यो ।
(५) कोरोनालाई समाधान, नियन्त्रण र व्यवस्थापन गर्न आवश्यक छ ।