धनगढी - कोरोना भाइरसले संसारभरका मानिसको जिबन पूर्ण रुपमा प्रभाबित बनाएको छ । लाँखौ मनिषको कोरोनाको कारण ज्यान गैसकेको छ । हजारौं मानिसहरुको अहिले पनि उपचार भईरहेको छ । नेपालमा पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमितको सँख्या निकै बढेको छ । कोरोना एक भाईरसबाट सर्ने रोग र यसको अहिले सम्म पनि कुनै देशले पनि उपचार पद्दती बिकास गर्न सकेका छैनन । अझै यो रोगबाट मान्छेहरु मर्ने क्रम घटने छैन बरु बढने देखिन्छ ।
खास गरी सुदुरपश्चिमबाट भारतमा रोजगारीको शिलशिलामा गएकाहरु स्वदेश फर्किएपछि कोरोना संक्रमितको यँहा बढेका छन । झण्डै ५० हजार नेपाली यँहाका बिभिन्न नाका हुँदै सुदुरपश्चिम आएका छन । अझै यो क्रम रोकिएको छैन । सिमाबाट आउनेहरुले पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी आउनु र उनिहरुलाई स्वदेश ल्याउने ब्यबस्थित योजना प्रदेश सरकारले बनाउन नसक्दा यस्तो अबस्था आएको जानकारहरु बताउँदै आएका छन । सिमामा प्रदेश सरकारले आफ्नो प्रत्यक्ष उपस्थिती जनाउन सकेन उसले स्वदेश फर्किनेहरुलाई सिमामा खानाको जिम्मा बरु सुदुरपश्चिम फाउन्डेसन नामक संस्थालाई दियो तर सो संस्थाले पनि सिमामा यो कार्य योजना प्रदेश सरकार कै हो भनेर बुझाउन सकेन जसका कारण सिमा भित्रिने नागरिकहरुले प्रदेश सरकार खोई भनेर लामो समय देखी प्रश्न गरिरहे ।
सिमा मै धनगढी कै बिभिन्न संघ संस्थाहरुले नागरिकहरुलाई खाना पानी अभियान मार्फत नागरिकहरुको उद्दार गरे तर प्रदेश सरकारले उनिहरुलाई प्रोत्साहन गरेर धन्यबाद समेत दिन सकेन । प्रदेश सरकारले कोरोना रोकथामको लागी बिभिन्न कागजी कार्यक्रम घोषणा त गर्यो तर तिनको कार्यान्वयन गतिलो सँग गर्न भने सकेन । नागरिक अपठ्यारोमा परेको बेला राज्यको साथ खोज्ने गर्दछन तर राज्यले नै नागरिकको भाबना बुझ्न् सकेन भने सरकार र ब्यबस्था माथि नै प्रश्न उठने गर्दछ ।
र अहिले संघिय ब्यबस्था र प्रदेश सरकार माथि नै नागरिकले प्रश्न उठाउन थालेका छन । अहिलेको राज्य ब्यबस्था पनि संघियता पक्षधरको हातमा रहेको छ तर नागरिकहरुलाई उनिहरु प्रष्ट सँग बुझाउन सकीरहेका छैनन । बिगत लामो समय देखी सुदुरपश्चिम शिक्षा स्वास्थ्यको हिसाबले अत्यन्तै दुर रहँदै आयो र सत्तामा पुग्नेहरुले पनि यसमा खादै ध्यान दिन सकेनन ।
सुदुरपश्चिमबाट सत्ताको मुख्य बागडोर सम्ल्हाने ठाउँमा पटक पटक यहाँका नेताहरु नपुगेका होइनन् तर पनि यँहाको स्वास्थ्य सेवा अन्य प्रदेशको तुलनामा प्रभाबकारी बन्न सकेको छैन । प्रदेशको महत्वपूर्ण सेती प्रादेशिक अस्पताल प्रदेश सरकार बनेपछि अनेक राजनीतिक चक्रब्युमा फस्दै गयो जसका कारण नागरिक ले भने जस्तो स्वास्थ्य सेवा पाउन सकेका छैनन ।
कोरोनाको माहामारी सुदुरपश्चिमका लागी अब का दिनमा अबसर पनी बन्न सक्ने देखिन्छ । कहिले स्वदेश नफर्केका नागरिक पनि आफ्नो थापथलो फर्किएका छन् । उनिहरुलाई अब पहाडमा रोक्ने सरकारको निती के रहन्छ भन्ने कुरा महत्वपूर्ण हुन सक्छ । भारतबाट पहाड पुगेका नागरिकहरुले पनि यती बेला सरकारको खोजी गरिरहेका छन् ।
स्थानिय सरकार ति नागरिकहरुलाई क्वारेनटिन मा राख्ने कार्यमा ब्यस्त देखिन्छ भने प्रदेश सरकार अली फुर्सदिलो जस्तो देखिन्छ । यही बेलामा प्रदेश सरकारमा रहेका मन्त्रीहरुले यस क्षेत्रका बिग्यहरु सँग सुझान संकलन गरेर अब कस्तो निती बनाउने भन्ने कुरामा गृहकार्य गर्नु जरुरी देखिन्छ ।
कोरोनाको महामारी छिट्टै सकिने विश्व स्वास्थ्य संगठनले पनि भनेको छैन अझै कयौं बर्ष यसको प्रभाब रहीरहने बताईरहेको छ । विश्वका ठुल ठुला देशहरुले त कोरोनाका माहामारी रोक्न सकेको छैन भने हाम्रो जस्तो सानो देशले कसरी ब्यबस्थापन गर्न सक्ला र भनेर पनि प्रश्न उठन सक्ला तर ब्यबस्थिती पाराले हाम्रो आफ्नो मौलिक तरिकाले यसको संक्रमणको दुरी घटाउन सक्छौं । तर त्यसको लागी हामी सँग भएको स्रोत साधन ठीक तरिकाले परिचालन गर्न सक्नु पर्दछ ।
के प्रदेश सरकार ले हात खडा गरिसकेको हो त ?
के प्रदेश सरकार ले हात खडा गरिसकेको हो त । यि बिचमा प्रदेश सरकारको हालको नेत्रित्व प्रति अली धेरै नै प्रश्न उठेको पाइयो । प्रदेश सरकार बनेको झण्डै अढाई बर्ष पुग्यो तर सरकार नामको मात्रै सरकार रह्यो कि सरकार ले केही काम गर्यो भन्ने अब समिक्षा गर्ने बेला आयो । । प्रदेश सरकारको मुल नेत्रत्वमा रहेका मुख्यमन्त्री त्रिलोचन भट्ट पूर्व माओबादी केन्द्रको कोटाबाट मुख्यमन्त्री बने उनलाई तत्कालिन माओबादीको मुल नेत्रित्व लेखराज भट्टले प्रस्ताब गरे यदपी उनलाई त्यो बेला माओबादीका अन्य नेतालाई मुख्यमन्त्री बनाउनु पर्ने दबाब थियो । तर उनले त्रिलोचन भट्टलाई अगाडी सारे यो अली अपेक्षित थिएन । राजनिती मा यस्तो हुन्छ कहिलेकांही त्यसरी नै ब्याख्या गरियो ।
मुख्यमन्त्री भट्टको सादगी जिबन शैलीको सबैतिर तारिफ पनि भयो । उनी आँफैमा पनि मुख्यमन्त्री बनेपछि सामान्य जिबनशैलीले नै चर्चा कमाए तर सरकार चलाऊने कुरो त्यती सहज भने उनका लागी थिएन ।अहिलेको परिस्थितीमा सरकार चलाऊने कुरो सजिलो पनि होइन तर उनी प्रदेशका मुख्यमन्त्री हुन उनिसँग दुई जना स्वकिय सचिब बाहेक सल्लहाकार टिम छैन ।
उनको प्रष्टभुमी पनि खासै पढेलेखेको बिग्यता होइन । उनलाई बेला बेलामा सल्लाह दिने सल्लहाकारको जहिले पनि अभाब भयो । उनले सल्लाहाकार राख्ने रुची देखाएन् वा उनको पार्टीले राख्न दिएन त्यो बिषय उनै जानुन । मुख्यमन्त्री बनेपछि डोटी झरेका भट्टले धनगढीमा रहेका रिटायर्ड ब्युरोक्रेसी र अन्य क्षेत्रका बिग्यहरु सँग खासै सल्लाह लिने गरेका छैनन् ।
जस्तो आउँछ उस्तै टर्दै जान्छ भने जस्तै उनले आफुलाई अगाडी बढाईरहेका छन् । प्रदेश सरकारका मुख्यमन्त्री भएपनी नेकपा भित्रको राजनितिक उतारचढाबले कतिपय कुरामा उनी आँफैले निर्णय गर्न त सक्दैनन तर सर सल्लहा लिने कुरोमा उनलाई कुनै निती नियमले भने रोकेको देखिन्न । सुदुरपश्चिमका धेरै जसो नागरिकहरु रोजगारीको लागी भारत जाने गर्दछन ।
भारत मै आम नागरिकले जस्तै चौकीदारी गरेका मुख्यमन्त्री भट्ट सँग यो क्षेत्रका जनताका ठुला अपेक्षा पनि छन् । अब यो समय मुख्यमन्त्री भट्टका लागी ठुलो अबसर पनि हो । अब उनले यो अबसरलाई कसरी सदुपयोग गर्न सक्छन त्यो उनको कुरो हो । सुदुर का पहाड मा अहिले भारतबाट आएका मनिषहरु भरिभराउ छन् र उनिहरु अब स्वदेश मै केही गर्न चाहान्छन ।
तर उनलाई कसरी पहाड मा रोक्ने भन्ने कुरा राज्यको नितीमा भर पर्छ त्यो निती मुख्यमन्त्री भट्टले कसरी बनाउछन हेर्ने बाँकी नै छ । प्रदेश सरकारका अर्थमन्त्री पढेलेखेका छन् । अब बजेट आउने बेला भयो सिमामा आएका नागरिकको भिड त अर्थमन्त्रीले पनि देखेकै होलान । अर्थ मन्त्री ज्यु, तपाईंले ल्याउन लागेको बजेट यसैमा केन्द्रित गर्नुस ।सुदुरपश्चिममा अथाह सम्भाबन छ भनेर हामी सबैले भन्दै आएको धेरै भयो । त्यो कुरा पहिचान गर्नुस अहिले भित्रिएका नागरिकलाई बिकास गतीमा सरकार सँगै लैजाऔ र सुन्दरपश्चिम सांच्चैको बनाउने अभियान थालनी गरौं ।