बाजुरा - एक दशक अघि गाउँबाट हाते पत्र लेखेर पत्रकारिता सुरु गरेका पत्रकार प्रकाश सिंह यतिवेला पत्रकारिता क्षेत्रमा मात्र सिमित छैनन् । बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा ४६ जना वालवालिकाको उद्धार गरिसकेका छन् । त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका दुई दर्जन भन्दा बढिलाई आर्थिक संकलन गरी नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन् । सिंहले पत्रकारिता पेशा संगै मानवसेवाको माध्यामवाट आफ्नो क्यारियर पनि उत्तिकै फराकिलो वनाएका छन् ।
स्वास्थ्यकर्मीको पृष्ठभुमि बोकेका सिहँ यतिवेला समाचार अनि सामाजिक अभियानमार्फत बाजुराका दर्जनौ मानिसलाई लाखौं रुपैंया बराबरको सहयोग गरेका छन् । गरिव, अशाह्य र अशक्त भएकै कारण स्कुल छोडेका वालवालिकाको उद्धार पनि उत्तिकै गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका प्रकाशले बैठक गोष्ठिमा उपस्थित भए वापत पाएको ४३ हजार २ सय रुपैंया बैठक भत्ता पनि बडिमालिका नगरपालिका राप्ककी एकल महिला पारु थापालाइ बाख्रा पालनका लागि हस्तान्तरण गरेका छन् । केही रकम उपचार नपाएर अलपत्र रहेका बिरामी लगायतका असाह्यलाई हस्तान्तरण गरे ।
सिंहले पैशा दिएकै कारण एकल महिला थापाले बाख्राापालन ब्यबसायबाट राम्रो आम्दानी गरेकी छन् ।खुट्टो भांचिएपछि सडकमा अलपत्र परेकी कोर्धकी एकल महिला धना वडुवाललई सडकवाट उद्धार गरी कोहलपुर अस्पतालमा पुगाउँदा धनाले नयां जीवन पाएको महशुस गरेकी छन् । आर्थिक अभाबमा जिवनमरण दोसाधमा रहेका हिमाली गाँउपालिका ६ पाडिका शान्त लुवारको काठमाडौमा रहेको बिर अस्पताल पुर्याएर ठुलो सहयोग गरेका छन् ।
पैंसा संकलन गरेर उनलाइ उपचार गरेर सञ्चो भएको थियो । अधिकारकर्मी गोरख सार्कीले भने-' प्रकाश साँच्चै भगवान हुन् उनका कारणले धेरैको ज्यान बाँचेको छ ।' त्यसैगरी बुवाको मृत्यु पछि आमाले दोस्रो विहे गरी हिंडेपछि सहरा विहिन भएका पाँच भाइबहिनीको उद्धार गरी अहिले भक्तपूर स्थित एसोएस बालग्राम , माईती नेपाल मा अध्ययनरत छन् ।
बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभाबमा उपचार नपाएर अलपत्र रहेका १६ जनालाई सहयोग वापत १७ लाख बढी रकम सकलन गरी हस्तान्तरण गरेका छन् । प्रकासको अभियानमा सहयोगी हात जुटाएर उनिहरुले नयां जीवन जिउन पाएका छन् । खोज पत्रकारितालार्ई आफ्नो बेश वनाएका पत्रकार प्रकास फिल्डमा असाह्य देखेर समाचार लेख्नु भन्दा पहिले आफै उद्धारमा खटिन्छन् । उद्धारपछि समाचारका विषवस्तु बनाउछन् ।
“पहिले पिडितको उद्धार” त्यसपछि अन्यकाम गर्नु आफ्नो मुल ध्यय रहेको प्रकाश वताउँछन् । दुर्गम गाँउ बस्तिमा गएर खोज अध्यनन र रिपोटिङ गर्नु प्रकाशको दिनचरिया जस्तै बनेको छ । नागरिकता नपाएका गन्धर्व समुदायलाइ नागरिकता बनाउनमा पहल ,असाहय वर्गका लागि वकालत र पैरवी, हिमाली गाँउपालिकाको कवाडीमा नुन र चामलको डिपो स्थापना गर्नका लागि पटक पटक अगुवाई गर्दा गुम्वा वासीलाई नुन-चामलमा पहुंच पुगेको छ ।
हिमाली गाँउपालिका ३ को गुम्बा गाँउमा स्थलगत रिपोटिङ पछि मतदान केन्द्र स्थापना भएको छ जहां २६ जना मतदाता रहेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेशको सहकार्यमा अलपत्र परेका त्रिबेणी नगरपालिका ३ जना बच्चा उद्धार गरी अहिले राम्रो शिक्षा प्राप्त गरिरहेका छन् । बिगत एक दशक देखी पत्रकारिता र मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका प्रकश दुर्गम गाँउ बस्तिमा पुगेर मानवअधिकारको वकालत र पैरवी गर्दै आएका छन् ।
पछिललो समयमा दुखी विरामी पत्ता लगाउनु र सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाउनु अनी संकलित रकमबाट मानव सेवामा लगानी गर्नु उनको दैनिकी बनेको छ । बांचुञ्न्जेल परोपकारमा सक्रीय रहने, मानब सेवा जस्तो अरु कुनै धर्म नहुने उनको भनाई छ । यतिवेला असाह्य गरिवका लागि पत्रकार प्रकाश उर्जा र प्रेरणाका श्रोत बनेकाछन् । उनी अब पत्रकार मात्र नभइ सामाजिक अभियानमा बढी परिचित रहेको नागरिक अगुवाहरुको भनाइ रहेको छ ।