अत्तरिया – कैलालीका १३ ओटा स्थानिय तहमद्ये ७ ओटा स्थानिय तहहरुमा कोरोना संक्रमण फैलिसकेको छ । यो खबर तयार पार्दा सम्म जिल्लाका धनगढी उपमहानगरपालिका, गौरिगंगा नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्की चुहा नगरपालिका, जानकी गाउँपालीका र बर्दगोरीया गाउँपालिकामा कोरोना संक्रमण फैलिएको हो ।
जसमा सबैभदा बढी कोरोना संक्रमित गौरिगंगा नगरपालिका १५ जना रहेको छन । त्यस्तै धनगढी उपमहानगरपालिकामा ६, टीकापुर नगरपालिकामा ४, लम्कीचुहा नगरपालिकामा २, भजनी नगरपालिकामा १, जानकी गाउँपालिकामा ७ र बर्दगोरीया गाउँपालिकामा १ जना रहेका छन ।
जसमद्ये धनगढी उपमहानगरपालिका र लम्की चुहा नगरपालिकाका २/२ जना निको भएर घर फर्किसकेका छन ।
कैलालीका गोदावरी नगरपालिका, चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका र जोशिपुर गाउँपालिकामा अहिले सम्म कोरोनाको संक्रमण देखिएको छैन ।