तेजु ओली /डोटी – डोटीमा एकै दिन दुइ सहीत तिन जना महिलाले क्वारेन्टाइनमा बच्चा जन्माएका छन । जिल्लाको सिखर नगरपालिका १, ३ र सिलगढी नगरपालिका २ मा ३ जना महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएका हुन ।
सिखर नगरपालिका वडा नम्बर ३ को कपलेकीमा रहेको भबानी आभारभुत विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेकी महिलाले बिहिबार बच्चा जन्माएकी हुन् । सिखर नगरपालीका ३ घर भएकी २५ वर्षीय पुजा सार्कीले छोरालाई जन्म दिएकी छिन । उनी जेठ १५ गते भारतको दिल्लीबाट आएकी हुन । पुजा जेठ १५ गते देखि कपलेकीको भवानी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी थिइन ।
बुधबार राती देखीनै उनलाई व्यथा लागेपछी स्वास्थ्यकर्मी सहीत एम्बुलेन्सलाइ गुहार्दा कसैले पनि सहयोग नगरेको उनले आफन्तले बताएका छन । राती देखि सुत्केरी व्याथा लागेको पुजाल ेबिहान पाँच बजेको समयमा बच्चा जन्माएकी हुन । एम्बुलेन्सका लागि फोन गरको भएपनि नउठको र स्वास्थ प्रमुखको फोन बन्द रहेको उक्त वडाका वडा अध्यक्ष प्रेम बहादुर जोराले बताए ।
सिखर नगरपालिकाा स्वास्थ शाखा प्रमुख हरीस शाहले एम्बुलेन्स बिरामी लगेर धनगढी गएको बताए । उनले उक्त वडा टाढा रहेका र बर्थींग सेन्टर नभएकोले समस्या भएको र अहीले स्वास्थय सामाग्री सहीत स्वासथ्यकर्मीको टोली पठाएको बताए ।
त्यसै गरी उक्त नगरपालीकाको वडा नं. १ को केदारेश्वर क्वाराइन्टाइनमा पनि १६ गते मन्जु खातीले पनी छोरा जन्माएकी थिइन । अहिले आमा छोराको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ प्रमुख हरीस शाहले बताए । खातीलाई सुरक्षित तरिकाले स्वास्थकर्मीको निगरानीमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रमुख शाहाले बताए ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टाइनमा रहेकी २१ वर्षिया गीता आउजीले छोरा जन्माएकी हुन् ।
बुधबार राती १ बजेर ४४ मिनेट जाँदा उनले क्वारेन्टाइन भित्रै छोरा जन्माएको वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उनी सो नगरपालिकाको वडा नं २ खुल्लेकका स्थायी बासिन्दा हुन् ।
कामको शिलशिलामा भारतको राजस्थान बस्दै आएकी गीता आउजी कोरोना महामारीका कारण यहि जेठ १२ गते डोटी फर्केकी थिइन् । भारतबाट आएका ७४ जनाको टोलीसँगै उनका श्रीमान अमर आउजी र पहिलो सन्तान पनि सँगै क्वारेन्टाइनमा नै रहेकी उनले सकुशल बच्चालाई जन्म दिएको खातीवडा स्वास्थ्यचौकी प्रमूख राम बहादुर भण्डारीले बताए ।
यद्यपी क्वारेन्टाइनमा राखिएका कारण र रातीको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीलाई खबर भने गर्न नसकेको भण्डारीले बताए । गीता र नवजात शिशुको आवश्यक स्वास्थ्य हेरचाहका लागि अहिले स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइन स्थलतर्फ गईरहेको जनाईएको छ ।