अत्तरिया – भारतबाट आउनेहरुको चाप बढे संगै गोदोवरी नगरपालिकाले निर्माण गरेका क्वारेन्टाईनहरुमा पनि मानिसहरुको संख्या बढ्दै गएको छ । दैनिक २ देखि ३ सयको संख्यामा मानिसहरु थपिरहेका छन ।
बुधबारको बिहानको तथ्याङ्क अनुसार नगरपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा बस्नेहरुको संख्या २ हजार २ सय ५५ पुगेको नगपालिकाका सूचना प्रबिधि अधिकृत नारायण बढुले बताए ।
उनका अनुसार नगरपालिकाले ३८ ओटा क्वारेन्टाईन निर्माण गरेकोमा ३६ ओटा क्वारेन्टाइनमा अहिले भारतबाट आएकाहरु बसेका छन । जसमा ३ सय ९० महिला र १ हजार ८ सय ६५ पुरुष रहेका छन ।
जस अनुसार वडा नम्बर १ मा १ सय ३, वडा नम्बर २ मा १ सय ५७, वडा नम्बर ३ मा २ सय ३, वडा नम्बर ४ मा १ सय ५८ र वडा नम्बर ५ मा १ सय २ जना रहेका छन ।
त्यस्तै वडा नम्बर ६ मा १ सय २८, वडा नम्बर ७ मा १ सय ३६, वडा नम्बर ८ मा १ सय १०, वडा नम्बर ९ मा १ सय ५६, वडा नम्बर १० मा २ सय ६१, वडा नम्बर ११ मा ३ सय ७१ र वडा नम्बर १२ मा ३ सय ७० जना रहेको अधिकृत बडुले बताए ।
नगरपालिकामा हाल ३८ ओटा क्वारेन्टाइनमा ३ हजार ४ सय ८६ वेड क्षमता रहेको छ ।