अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलानीको एक बिधालयमा क्वारेन्टाइनमा बसेकाहरुलाई काचो र बासी खाना दिएपछि क्वारेन्टाइनमा बसेकाहरुले त्यसको बिरोध गरेका छन् । ओलानीमा रहेको सरस्वती मा.विको बिधालयमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरुलाई वडा कार्यालयले नपाकेको र केही दिन पहिले देखीको बासी खाना दिएपछि क्वारेन्टाइनमा बसेकाहरुले त्यसको बिरोध गरेका हुन् ।
भारतवाट आएर उक्त क्वारेन्टाइनमा बस्दै आएका करिब १८० जना भन्दा बढीलाई मंगलवार राति प्याकिङ गरेर दिइएको खाना पुरै काचो र २÷४ दिन देखीको बासी रहेको भन्दै उनीहरु रातभरि केही नखाएर भोक भोकै सुत्न बाध्य भएका हुन् । क्वारेन्टाइमा रहेका एक जनाले सामाजिक संजाल फेसबुकमा लाईभ गर्दै निकै जोखिम मोलेर भारतवाट आफ्नो गाउँ ठाउँमा पुगेपनि स्थानिय सरकारका जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य माथि खेलबाड गरिरहेको आरोप लगाए ।
उनले बिश्व कोरोना महामारीसंग लडिरहेका बेला यसरी जनताको स्वास्थ्य माथि खेलवाड गर्न दुखद रहेको बताए । क्वारेन्टाइमा बसेकाहरुका अनुसार यस अघि क्वारेन्टाइमै पकाएको ताजा खाना दिदै आएको भएपनि केही दिन यता प्रदेश सरकारले धनगढीवाटै प्याकिङ गरेको पुरै काचो र गन्ध आउने खाना पठाइरहेका छ ।
कोरोनावाट बचाउन र संक्रमण फैलिन नदिन भारतवाट आएकाहरुलाई क्वारेन्टाइनमा सुरक्षित राख्ने भने पनि यसरी क्वारन्टाइनमा बस्नेहरु झनै असुरक्षित भैरहेका छन् । कोरोनाको अति प्रभावित क्षेत्र भारतवाट आएकाहरुलाई बिना चेकजाच क्वारेन्टाइनमा राखिएको र उसैमाथि यसरी काचो र बासी खाना दिदा कोरोना भन्दा पनि अन्य रोगको शिकार हुनुपर्ने अबस्था रहेको क्वारेन्टाइनमा बसेकाहरु बताउँदछन् ।
जनप्रतिनिधिहरुको यस्तो गम्भिर लापरबाहीले गर्दा सर्वसाधारणहरु झन निकै त्रसित भएका छन् । उता गोदावरी नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शिव बहादुर बि.कले आफले माग गरे अनुसार उक्त खाना प्रदेश सरकारले प्याकिङ गरेर पठाएको बताए । उनले खाना बिहानै प्याकिङ गरेरका कारण साझँ सम्म चिसो भएको तर क्वारेन्टाइमा बसेकाहरुले भने अनुसार खानामा अन्य कुनै समस्या नरहेको बताए ।
'हामीले यस अघि क्वारेन्टाइनमै खाना पकाएर खाने ब्यबस्था मिलाएका थियौ , त्यसपछि प्रदेश सरकारले दिने भनेपछि २०० जनाका लागि खाना पठाउन आग्रह गञ्र्याै , खाना एकदम राम्रै थियो मैले पनि हेरेको थिए' उनले भने - 'तर त्यो बाड्ने बेला पहिला ताजा खाना बाढ्ने बेला बिहानै प्याकिङ गरेको खाना सुरुमा बढिएछ त्यसपछि समस्या आएको हो ।'
उनले प्रदेशवाट खाना ताजा नै पठाएको भएपनि क्वारेन्टाइमा रहेका केही गलत मानसिकता भएकाहरुले यसलाई बढाई चढाई गरेर भ्रम मात्रै फैलाउने काम गरेको भन्दै उल्टै क्वारेन्टाइनमा बस्नेहरुलाई आरोप लगाएका छन् ।