अत्तरिया – पछिल्लो समय भारतबाट आउने क्रम बढेसंगै कैलालीको गोदावरी नगरपालिकाले क्वारेन्टाइनको संख्या बढाएको छ । सुरुमा २ ओटा मात्रै क्वारेन्टाइन रहेको गोदावरी नगरपालिकामा अहिले क्वारेन्टाईनको संख्या ३५ पुगेको हो ।
क्वारेन्टाइनहरुको वेड क्षमता ३ हजार २ सय ६६ रहेको छ । जस अनुसार वडा नम्बर १ मा १ सय ६० वेड क्षमताका २, वडा नम्बर २ मा २ सय १० वेड क्षमताका २, वडा नम्बर ३ मा ४ सय ४० वेड क्षमताका ३, वडा नम्बर ४ मा २ सय ५० वेड क्षमतामा ३, वडा नम्बर ५ मा १ सय ६० वेड क्षमताका २ र वडा नम्बर ६ मा २ सय ३० वेड क्षमताका २ क्वारेन्टाईन निर्माण गरिएको गोदावरी नगरपालिकाका सूचना प्रबिधि अधिकृत नारायण बढुले बताए ।
त्यस्तै वडा नम्बर ७ मा १ सय ६० वेड क्षमताका २, वडा नम्बर ८ मा १ सय ६५ वेड क्षमताका २, वडा नम्बर ९ मा २ सय ५० वेड क्षमताका ३, ४ सय ९१ वेड क्षमताका ६, वडा नम्बर ११ मा ४ सय ४० वेड क्षमताका ४ र वडा नम्बर १२ मा ४ सय १० वेड क्षमताका ४ ओटा क्वारेन्टाईन निर्माण गरिएको अधिकृत बढुले बताए ।
२ हजार बढीलाई क्वारेन्टाईनमा राखियो
नगरपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा हालसम्म २ हजार बढी मानिस बसेका छन । नगरपालिकाका सूचना प्रबिधि अधिकृत बढुका अनुसार हालसम्म भारतबाट आएका २ हजार ९० जनालाई क्वारेन्टाईनमा राखिएको छ । जसमा १ हजार ७ सय १७ जना पुरष र ३ सय ७३ जना महिला रहेका छन ।
उनीहरु मद्ये २ जनामा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र अन्यको अवस्था समान्य रहेको नगरपालिकाले जनाएको छ ।