अत्तरिया – कैलालीमा आईतबार कोरोना संक्रमण देखिएका १४ जना मद्ये १३ जना गैरिगंगा नगरपालिकाकै रहेको पाईएको छ । संक्रमित थपिएका १२ जना गौरिगंगा नगरपालिका, १ जना धनगढी उपमहानगरपालिका र १ जना बर्दगोरीयाका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
जसमा गौरीगंगा वडा नम्वर २ को १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, २२ बर्षीय, ५ बर्षीय बालक, रहेका छन । त्यस्तै वडा नम्बर ७ का ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष र २४ बर्षिय पुरुष रहेको सुचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।
उनले अन्य संक्रमितमा धनगढी उप–महानगरपालिका १२ जुगेडाका २५ बर्षीय पुरुष र बर्दगोरीयाका २७ बर्षीय पुरुष रहेको बताए । उनले संक्रमित अधिकान्सको नमूना क्वारेन्टाईनबाटै संकलन गरिएको बताए ।
यो संगै कैलालीमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ भने कैलालीका ४ जना निको भएर घर फर्किसकेका छन ।
कन्चनपुर, डोटी बैतडी र अछाममा १/१ संक्रमित
यस्तै आजै कन्चनपुर, डोटी बैतडी र अछाममा १/१ संक्रमित थपिएका छन । कञ्चनपुरका संक्रमित शुक्लाफाँटा नगरपालिकाका ११ महिनाका बालक हुन । त्यस्तै डोटीका संक्रमित शिखर नगरपालिका ३ का २५ बर्षीय पुरुष बैतडीका संक्रमित पाटन नगरपालिका ८ का ३५ बर्षीय पुरुष र अछामको चौरपाटी गाउँपालिका वडा नम्वर २ का ३३ बर्षीय पुरुष भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले गोदावरी न्युजलाई जानकारी दिए ।