अत्तरिया – दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाईनको फोहोर क्वारेन्टाईन बाहिर जताततै फाल्न थालिए पछि स्थानिय त्रसित बनेका छन । कैलालीको गोदावरी नगरपालिका २ अत्तरियाको उत्तर बनखेतमा रहेको क्वारेन्टाईनमा बसेकाहरुले फोहोर सडमका समेत फालेको पाईएपछि गाउँमा त्रास बढेको हो ।
भारतबाट आएकाहरुलाई राखिएको उक्त क्वारेन्टाईनमा फोहोरको उचित व्यवस्थापन नहुँदा क्वारेन्टाईन संगै जोडिएको गाउँमा समेत त्रास बढेको छ । स्थानियले क्वारेन्टाईनको फोहोर सडकमा समेत फाल्ने गरिएकाले गाउँमा रोग संक्रमण हुन सक्ने जोखिम बढेको बताएका छन । क्वारेन्टाईनको नजिकै घर भएका गणेश थापाले क्वारेन्टाईनको फोहोर जताततै फालिदाँ दुर्गन्ध बढेको बताए । ‘क्वारेनटाईनको चारैतिर फोहोर फालिएको छ ।’ उनले भने ‘यसरी चारैतिर फोहोर फाल्न रोकेर निश्चित ठाउँमा खाल्डो खनेर जम्मा गर्न लगाउनु पर्छ ।’
स्थानिय मनदेवी खनालले बचेको खाना लगायत अन्य फोहोर जताततै फाल्ने गरेको बताईन् । ‘खाना जथाभाबि फालेका छन, बचेको भात, रोटी पलास्टिमको पोकामा हालेर बाटोमा फालेका छन ।’ उनले भनीन् ‘ति खानेकुरा कुकुर खाएर बाटोभरी छरपस्ट पार्ने गरेका छन ।’ उनले यसरी सम्बेदनशील ठाउँमा पनि लापरवाहि गर्न नहुँने बताईन् । यसरी क्वारेन्टाईनको फोहोर जताततै फालिदा क्वारेन्टाईन भित्र रहेका कुनै व्यक्तिमा कोरोना संक्रमण भएको भए त्यो बाहिर पनि फैलिने खतरा रहेको खनालले बताईन । उनले सही व्यवस्थापन गर्न नसक्ने हो भने यती धेरै लगानी गरेर क्वारेन्टाईनमा राखेको कुनै फाईदा नभएको बताईन । ‘घर अगाडी क्वारेन्टाईन छ, जतातै फोहोर फालिएको छ, छाडा गाईगोरु, कुकुर त्यहि फोहोर खाएर गाउँमा आउन्छन यसले गाउँमा संक्रमणको जोखिम बढेको छ ।’ खनालले भनीन ‘हामीलाई यहाँ क्वारेटाईन राखेकोमा कुनै आपत्ती छैन तर सहि व्यवस्थापन हुनु प¥यो ।’
अर्का एक जना स्थानियले भने ‘क्वारेन्टाईन राख्दा पनि सुरक्षाको व्यवस्थापन गरेर राख्नुस भनेका हौ । सुरमा राम्रौ थियो तर पछिल्लो समय निकै अव्यवस्थित भएको छ । यसले कोरोना मात्रै नभएर अरु रोग फैलिने जोखिम पनि बढेको छ ।’
स्थानिय बाजी बिकले क्वारेन्टाईन राख्ने समयमा गाउँको बिचमा नराख्नुस् भन्दा यो टोलमा नियमित सेनेजाईज गर्छै, मास्क वितरण गर्छै भनेको तर अहिले क्वारेन्टाईनको फोहोर समेत व्यवस्थापन गर्न नसकेको बताए । उनले नगरपालिकामा पटक पटक व्यवस्थापनको लागि आग्रह गर्दा पनि वास्था नगरेको बताए । उक्त क्वारेन्टाईनका सम्पकै व्यक्ती कमल कडायतले क्वारेन्टाईनको फोहोर फाल्ने २ ओटा खाडल निर्माण गरेको बताए । उनले क्वारेन्टाईनमा बसेकाहरुलाई क्वारेन्टाईन बाहीर फोहोर नफाल्न गरेको भएपनि नमान्ने गरेका कारण समस्या भएको बताए । उनले क्वारेन्टाईनमा सरसफाई गर्ने मान्छे नहुँदा समस्या भएको बताए ।