धनगढी – भारतमा रहेका नेपालीहरुले अब सुदूरपश्चिमका ४ नाकाबाट नेपाल प्रवेश पाउने भएका छन । शुत्रबार बसेको कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि सुदूरपश्चिमका ४ नाका सहित देशैभरीका २० नाकाबाट नेपाल प्रवेश गर्न दिईने छ ।
जसअनुसार सुदूरपश्चिममा कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाका, बैतडीको झुलाघाट र दार्चुला नाकाबाट स्वदेश फर्किन पाईने छ ।
त्यसै पूर्वि जिल्लाका पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुरबाट पनि स्वदेश फर्किन पाईनेछ ।