बझाङ– जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा वन फडानी भएको समाचार बाहिर आएपछि डिभिजन वन कार्यालयको टोलीको स्थलगत अनुगमन गरेको छ ।
तिखाउडी चाल्लाखर्क सामुुदायिक वनका अध्यक्ष लक्ष्मण बोहरा र सचिव मदन बोहराले जलजला बासुधारा सेरीनिसान सामुदायिक वनमा काठ कटान गर्न नक्कली पुर्जी दिएको भन्दै उजुरी दिएपछी डिभिजन वन कार्यालयको टोलीले स्थलगत अनुगमन गरेको हो ।
रेञ्जर कपिल रावलको नेतृत्वको ५ सदस्यीय टोलीले बुधबार फडानी भएको वनको स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले १३ वटा ठिङेसल्लोका रूख काटेको पाइएको रेञ्जर रावलले जानकारी दिए । स्थलगत अनुमगन क्रममा १३ वटा ठूला रूख पनी काटेको पाइएको छ ।’
रेञ्जर रावलले २र३ दिनभित्र स्थलगत अध्ययन प्रतिवेदन तयार गरेर वन डिभिजन कार्यालमा पठाइने जानकारी दिए उनले भने, ‘२र३ दिनभित्र स्थलगत अध्ययन प्रतिवेदन तयार पारेर वन डिभिजनमा बुझाउँने बताए ।
वन फडानी भएको क्षेत्र दुबै पक्षले आआफ्नो क्षेत्र दाबी गरेकाले विवादसमेत बढेको छ । तिखाउडी चाल्लाखर्क सामुुदायिक वनले आफ्नै क्षेत्रमा रूख काटेको भन्दै दाबी गर्दै आएको छ । वनका अध्यक्ष लक्ष्मण बोहराले आफूले पुर्जी दिएकै वनमा रूख काटिएको बताए । ‘हामीले पुर्जी दिएकै स्थानमा रूख काटिएको छ’, उनले भने, ‘कटानी भएको क्षेत्र हाम्रै वनमा पर्छ । सेरी निसान वनले विवाद सिर्जना गर्न मात्र यस्तो गरेको बताए ।
अध्यक्ष बोहराले फेरि वनको सीमा नाप्न समेत तयार भएको बताए । ‘हामीबाट पनि केही गल्ती भएको म स्वीकार गर्छु तर जति बाहिर आएका छन् त्यति होइन’, उनले भने, ‘हामीले पुर्जी दिँदा ३र४ रूखको मात्र दिएका थियौँ । तर, त्यहाँ १३ वटा रूख कटान गरिएको पाइएको छ । यदि विवादले उग्ररूप लिन्छ भने फेरि वनको सीमा नाप्न तयार छौँ ।’
अनुगमन टोलीले पनि दुबै वनबीच विवाद भएकाले समाधान हुन समय लाग्ने बताएको छ । ‘हामीले अनुगमनमा गर्दा पनि दुई वनबीचको सीमा विवाद देखिएको छ, दुबै पक्षको आआफ्नो दाबी छ’, रेञ्जर रावलले भने, ‘दुबै वनका अध्यक्षलाई जिल्ला बोलाएका छौँ । अब उनीहरूसँग कुरा के हुन्छ । यदि वनको सीमा विवादले उग्ररूप लिएमा नापका लागि फेरि टोली जानसक्छ ।’
डिभिजन वन कार्यालयका प्रमुख कर्णबहादुर खातीले अध्ययन प्रतिवेदन अनुसार अगाडि बढ्ने बताए । उनले अनुगमन गरेर टोली फर्किसकेकाले अध्ययन प्रतिवेदन हात परिसकेपछि मात्र विस्तृत थाहा हुने र, ‘प्रतिवेदनले के भन्छ त्यहीँ अनुसार अघि बढ्छौँ । यो प्रकरणमा कसैले बद्मासी गरिएको पाइएमा कानुन अनुसार कारवाही हुनेछ ।’
यही जेठ १३ गते वन फडानी र नक्कली पुर्जी दिएको भन्दै सेरी निसान सामुदायिक वनका सचिव भरत धामीले जिल्ला प्रशासनमा उजुरी दर्ता गरेका थिए ।
उनले दिएको उजुरीमा तिखाउडी चाल्लाखर्क सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण बोहरा र सचिव मदन बोहराले आफ्नो वनको नक्कली काठपुर्जी दिएर वडा नम्बर ५ मा बस्ने प्रेम ठगुन्ना, शिवजी जाग्री लगायतलाई लकडाउनको मौका छोपी सेती निसान सामुदायिक वनको क्षेत्रभित्र प्रवेश गराएर करोडौंको काठ कटानी गराएको उल्लेख गरिएको छ ।