बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा जिल्ला बाहिरबाट आउने जोकोही व्यतिले क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष कुन्ती (साउँद) बुढाले बताएकी छिन । उनले विश्वव्यापि रुपमा फैलएिको कोराना भाइरसले पुरै देश लकडाउन भइरहेको बेला कुनै पनि ब्यक्ति जिल्ला बाहिरबाट आफनो गाउँपालिकामा आए छ भन्ने त्यस्ता व्यक्तिले १४ दिन अनिर्वाय क्यारेन्टाइनमा बस्नु पर्ने ब्यवस्था गरेको उपाध्यक्ष बुढाले बताईन ।
‘आफनो खप्तड छेडेदह गाउँपालिकाले यो वर्ष भित्र बाँडफाड गर्न बाकी रहेको एक करोड रकम कोरना भाइरस नियन्त्रण राहत कोषमा जम्मा गरिएको छ ।’ उपाध्यक्ष बुढाले भनीन् ‘राहात कोषबाट अति विपन गरिव,न्युन आयास्रोत भएका र गाउँमा निकै समस्यमा परेका परिवारलाई उत्त रकम खर्च गरिने छ ।’ उनले कोषको रकमबाट जिल्ला बाहिर रहेका विभिन्न शहर तथा भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको ब्यवस्थापनमा खर्च गरिदैं छ ।
खप्तड छेडेदह गाउँपालिकामा हाल सम्म देश भित्र र बाहिरबाट आएर क्वारेन्टाइनमा २ सय ५ जना बसेका छन । जस मध्ये काडाँ भवानी माविमा ४ जना, प्रवेश्वर माविमा ८ जना, दुर्गा भवानीमा ३ जना, फुलवारी आधारभूत विद्यालयमा ११ जना, मालीकामा १२ जना, कुरपेकोट आविमा १० जना, भवानी माविमा २९ जना, धनाल्त माविमा ११ जना, शैलेश्वरी आविमा ५ जना, त्रिवेणीमा ४ जना, खापरदेपस्थली माविमा २० जना, दौनागिरी आविमा ९ जना, जिउलेखमा ८ जना, मक्ष्टेश्वारी माविमा ८ जना, वडाचौर माविमा १ जना, भागेश्वर माविमा १६ जना, ब्रहदेव माविमा १० जना, सरस्वती माविमा १६ जना, दशर्थ माविमा १ जना मष्टा आभारभुत विद्यालयमा ९ जना, वडालेख माविमा ९ जना, जाल्पा आधारभुत विद्यालयमा १ जना गरी २ सय ५ जना रहेका खप्तड छेडेदह गाउँपालीका आइटी शाखाकी निरा जोसीले बताए । देश भित्र र मजदुरीका लागि भारत गएका नागरिकहरुलाई आफनो गाउँ ल्याउने काम भईरहेको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष बुढाले बताईन ।