अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले भारतबाट आएका ८ सय ८२ जनालाई क्वारेन्टाईनमा राखेको छ । जसमा पुरुष ७ सय ५४ र महिला १ सय २८ जना रहेका छन । गोदावरी नगरपालिकाले दिएको जानकारी अनुसार नगरभित्रका २२ ओटा क्वारेन्टाईनमा उक्त संख्यामा भारतबाट आएका तथा बाह्य जिल्लाबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।
जनअनुसार गोदावरी नगरपालिकाको वडा नम्बर १ मा रहेको गुहेश्वरी माविमा २७ जना, वडा नम्बर २ मा रहेका सैनीक आवासीय महाविध्यालय, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा सय २३ जना, वडा नम्बर ३ मा रहेका मालाखेती अस्पताल, ग्वासी मावि मालाखेतीमा ८४ जना, वडा नम्बर ६ मा रहेको शैलेस्वरी मावि ७७ जना र वडा नम्बर ७ मा रहेको चण्डेस्वरी आधारभूत विद्यालयमा ५७ जना रहेका छन ।
त्यस्तै नगरपालिकाको वडा नम्बर ८ मा रहेको समैजी माविमा ६४ जना, वडा नम्बर १० मा रहेकका जानकी मावि, शंकर प्रावि, गणेश मावि, घण्टेश्वर आधारभूत विद्यालय र घण्टेश्वर मन्दिरमा ९० जना, स्वरस्वती मावि ओलानी र शिव गौली आधारभूत विद्यालयमा १ सय ६५ जना र वडा नम्बर १२ मा रहेका दुर्गा आधारभूत विद्यालय र जनप्रभात माविमा १ सय ४५ जना रहेको नगरपालिकाका सूचना प्रबिधि अधिकृत नारायन बढुले बताए ।
यस्तै नगरपालिकाले नगर क्षेत्र भित्र रहेका १२ ओटै वडामा १ हजार ६ सय ७५ वेड क्षमताको क्वारेन्टाईन निर्माण गरेको जनाएको छ । नगरपालिका भित्र रहेका २२ ओटा विद्यालयमा १ हजार ६ सय ७५ वेड क्षमताको क्वारेन्टाईन वेड निर्माण गरिएको नगरपालिकाका सूचना अधिकारी बढुले बताए ।