काठमाडौं – सरकारले पछिल्लो २४ घटामा ७ हजार ३६ वटा कोरोना भाइरसको परीक्षण गरेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधि मार्फत ३ हजार ४ सय १३ वटा र ¥यापिट डाइग्नोष्टिक किट (आरडिटी) विधि मार्फत ३ हजार ६ सय २३ वटा परीक्षण गरिएको हो ।
यस सँगै पिसिआर विधि मार्फत गरिएको परीक्षण संख्या ३८ हजार ७ सय ३६ र आरडिटी विधिमार्फत गरिएको नमुना परीक्षणको संख्या ७८ हजार ६ सय ९५ वटा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रादेशिक विवरण अनुसार आरडिटी विधिमार्फत सबैभन्दा बढी परीक्षण सुदूरपश्चिम प्रदेशमा भएको जानकारी दिएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सुदूरपश्चिममा हालसम्म १९ हजार ४ सय ८५ वटा परीक्षण भएको बताए । त्यसपछि बागमती प्रदेशमा १७ हजार ४ सय ४९ वटा, प्रदेश नम्बर ५ मा १० हजार ५ सय ६२ वटा, प्रदेश नम्बर १ मा ९ हजार ८ सय ३७ वटा, कर्णाली प्रदेशमा ७ हजार ६ सय ६५ वटा र गण्डकी प्रदेशमा ७ हजार १८ वटा परीक्षण भएको छ ।
सबैभन्दा कम परीक्षण हुने प्रदेश भने २ नम्बर हो । जहाँ ६ हजार २ सय ७९ वटा परीक्षण मात्र गरिएको छ । बिहिबारको अपडेट अनुसार बिहिबार सम्म देशभर क्वारेन्टाइनमा बस्नेहरुको संख्या २५ हजार ३० जना रहेको छ । जस अनुसार प्रदेश नम्बर १ मा १ हजार ३ सय ४९ जना, प्रदेश नम्बर २ मा ४ हजार ९ सय ६६ जना, बागमती प्रदेशमा ५ सय २८ जना, गण्डकी प्रदेशमा ५ सय ९१ जना, प्रदेश नम्बर ५ मा १४ हजार ७ सय ६० जना, कर्णाली प्रदेशमा ७ सय ४१ जना र सुदुरपश्चिम प्रदेशमा २ हजार ९५ जना रहेका छन् ।