अत्तरिया - कैलालीको पुरानो बस्तीका रुपमा रहेको गोदावरी नगरपालिका वडा नं ११ ओलानीको समग्र विकासका लागि स्थानिय युवाहरु एक ठाउँमा उभिएका छन् । ओलानी क्षेत्रको सामाजिक , आर्थिक , भौतिक लगाएत समग्र विकासका लागि वडामा रहेका क्रियशिल युवाहरु एक ठाउँमा उभिएका हुन् ।
जसका लागि स्थानिय युवा नन्दा राम खड्काको अध्यक्षतामा १७ सदस्यि गोदावरी युवा बिकास मंचको गठन गरिएको छ । जसको उपाध्यक्षमा महेश बडैला , सचिवमा सुरेन्द्र बडैला , सह सचिवमा रबिन्द्र थापा र कोषाध्यक्षमा टिका देबि मल्ल रहेका छन् । यस्तै सदस्यहरुमा गणेश खड्का, अमर साउद , बादल बि.क, अमर साउद , डबल बि.क, जित बहादुर बि.क, हरि सिं साउद, निर्मल कुञ्जेडा, प्रेम बडैला, लाल बहादुर पार्की, रमेश खडका र योगेन्द्र बडैला रहेका छन् ।
जिल्लाको पुरानो बस्ती भएपनि बिभिन्न कारणले पछाडी रहेको ओलानीको समग्र विकासका लागि राजनीतिवाट टाढा रहेर बिसुद्घ सामाजिक सेवा गर्ने लक्ष्यका साथ सबै युवाहरुलाई एक साथमा राखेर मंचको गठन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
उनले आफु लगाएत यो टिमले बर्तमान अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गर्ने र आउदा दिनहरुमा बिस्तारै ओलानीको बिकासमा संम्बन्धित निकायलाई झकझकाउने , दुखी , पिडितहरुको पक्षमा रहेर काम गर्ने बताए ।