धनगढी – भारतको पलिया क्वारेन्टाईनमा रहेका नेपालीहरुले पेटभरी खाना समेत नपाएको गुनासो गरेका छन । उनीहरुले विहान नास्ता नपाईने गरेको र दिउँसोको खाना पनि थोरै पाईने गरेकाले भोक–भोकै बस्नु पर्ने बाद्यता रहेको बताएका छन ।
भारतको करनालबाट आएका गोदावरी नगरपालिका वडा नम्बर–४ बन्दागडाका भीम साउँदले थोरै मात्रै खाना दिने गरिएको र त्यसले पेट समेत नभरीने गरेको बताए । ‘विहान देखि केहि पनि खान पाईदैंन ।’ उनले भने ‘दिउँसोको खाना पनि २/३ बजे पाईन्छ त्यो पनि पेट भरी खान पाईदैन ।’
त्यस्तै भारतको हरियाणाबाट आएका शैलेशिखर नगरापलिका २ दार्चुलाका हरिस कपाडीले क्वारेन्टाईनमा पेट भरी खाना पनि नपाईने र बाहिर गएर खान पैसा समेत नहुँदा समस्या भएको उनले गोदावरी न्युजलाई बताए ।
क्वारेन्टाईनमा कोरोना संक्रमण हुने झन बढी खतरा
सरकारले लामो समयदेखि भारतको पलियाको क्वारेन्टाईनमा रहेकाहरुको उद्दार गरेर नेपाल ल्याएपछि खालि भएको पलियाको एक विद्यालयमा रहेको क्वारेन्टाईन फेरी भरीन थालेका छन । नेपाली भित्रन पाईने भन्दै आईतबार भारतका बिभिन्न ठाउँबाट १ सय २ जना गौरीफन्टा नाकामा पुगेका भएपनि उनीहरलाई प्रशासनले उल्टै पलिया क्वारेन्टाईनमा पठाएको थियो ।
सोहि समुहमा रहेका गोदावरीका साउँदले सुरुको दिन पलिया क्वारेनटाईनमा गौरीफन्टा नाकाबाट फर्काइएकाहरु मात्रै भएपनि अहिले २ हजार भन्दा बढी मानिस बिभिन्न ठाउँबाट आईसकेको बताए । उनले आफू स्वास्थ्य जाँच गरेर आएको भएपनि अहिले भारतका बिभिन्न कोरोनाको जोखिमयुक्त ठाउँबाट आएकाहरु संग राख्दा झनै सक्रमणको खतरा बढेको बताए ।
‘हामी यहाँ असुरक्षित छौ, खाना कोठा देखि शौचालय सम्म को समस्या छ सोशल डेस्टिनको कुनै मान्याता लागु गरिएको छैन ।’ उनले भने ‘सबै एउटै ठाउँमा खाना नुहाउन र शौचालय प्रयोग गर्नुपर्ने भएका कारण असुरक्षित भएका छौ ।’ उनले भारतबाट नेपाल आउनका लागि दैनिक जसो मानिहरु थपिने क्रम जारी रहेको र कोरोना धेरै देखिएका ठाउँबाट आएकाहरुलाई पनि आफूहरुसंगै राखिने गरेको बताए ।
उनले आफूहरु एकदमै त्रसित भएर बस्न बाद्य भएको बताए ।
हरियाणबाट आएका हरीस कपाडीले आफू बिगत ३ महिना देखि पेटको उपचार गराई औषधी खाईरहेको भएपनि अहिले क्वारेनटाईनमा औषधी समेत नपाउँदा पेटको समस्या झन बढी बल्भिएको बताए । ‘बाहिर गएर किन्न पैसा छैन, क्वोरन्टाईनमा औषधी मागेपछि छैन भन्छन ।’ कपाडीले भने ‘सरकारले जसरी भएपनि आफूहरुलाई नेपाल लैजानु पर्छ ।’