अत्तरिया – कन्चनपुरबाट अत्तरिया हुँदै काठमाण्डौं गएकी ३३ बर्षीय महिलामा कोरोना देखिएपछि उनी बसेको अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ । बैसाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाण्डौ जाँदा उनी अत्तरियामा बसेको थिईन । उनी गोदावरी नगरपालिका १ अत्तरियाको सशस्त्र बाहीनी अगाडीको घरमा करिब २ घण्टा बसेको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले पुष्टि गरे ।
मेडिकल टिम धनगढी पुगाउन आएको शसस्त्र प्रहरीकै भ्यानमा काठमाण्डौं फर्कने योजना बमोजिम उनी अत्तरियामा रहेको सशस्त्र बाहिनीमा अगाडी आएकी थिएन ।
सशस्त्र प्रहरीबाट अवकास पाईसकेको ती महिला यसअघि अत्तरियामै रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीमा समेत काम गरेकी थिएन । उनी बाहिनीमा काम गर्दा स्थानिय संग भएको परिचयका कारण उनी काठमाण्डौं जानु अगाडी भेटघाट गर्ने भनेर बाहिनी अगाडी रहेको घरमा पसेकी थिईन । स्थानियका अनुसार उनले त्यहाँ २ घण्टा बस्दा चाउँचाउ र नजिकैको डेरीबाट लस्सी समेत आएकी थिईन ।
कञ्चनपुरबाट काठमाडौं गएकी ती महिलामा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो । काठमाण्डौंमै बस्दै आएकी उनी चैत ६ गते काठमाडौंबाट कञ्चनपुर पुगेकी थिइन । त्यसपछि वैशाख २८ गते एक छोरा र एक छोरी संगै सशस्त्र प्रहरीकै भ्यानमा काठमाण्डौं फर्किएको भएपनि अरुमा भने कोरोना संक्रमण देखिएको छैन ।
उनी सहित छोराछोरी गरी ३ जना र भ्यानमा रहेका अन्य २ जना गरी सोहि साँझ कोहलपुर बसेका उनीहरु वैशाख २९ गते काठमाडौं गएका थिए ।
७० जनाको स्वाव संकलन हुने
संक्रमित महिला बसेको घर लगायत उनको घर वरिपरिका ७० जनाको स्वाव संकलन गरी कोरोना परिक्षण गरिने भएको छ । गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विर बहादुर कुँवरले सबै घरहरुलाई सिल गरेर विहिबार सम्ममा स्वाव संकलन गरिने बताए ।
उनले ८ ओटा घरका भाडामा पनि मानिसहरु बस्ने भएकाले धेरै मानिसहरुको स्वाव संकलन गर्नुपर्ने बताए । ‘पहिलो चरणमा ८ ओटा घरका ७० जनाको स्वाव संकलन गरेर नमुना परिक्षण गर्न पठाउँन्छौ ।’ उनले भने ‘त्यसको नतिजाको आधारमा थप घरको परिक्षण गरिनेछ ।’