डडेल्धुरा – जिल्लाका दुई दर्जन बढी मजदुरहरु भारतमा अलपत्र परेका छन । दैनीक रोजीरोटी जुटाउनका लागि भारतको तेलङ्गना राज्यमा मजदुरी गर्दै आएका करीब २२ जना मजदुर एकहप्ता अघी देखी अलपत्र परेका हुन ।
लकडाउन लम्बीदै जाँदा काम गर्दै आएको स्थानबाट पनि आफूहरुलाई निकाली दिएको उनीहरुको गुनासो छ । ‘खल्तीमा भएको पैसा सबै सक्कीयो, खानलाइ केहि पाएका छैनौ, पसलमा गयो भने नेपालमा संक्रमीतको संख्या बढीरहेको छ, भनी केहि दिदैनन् ।’ – भारतमा अलपत्र परेका एकजना मजदुर संञ्जय भट्टले दुखेसो पोखे ।
उनले अझै सो स्थानमा शुदूरपश्चीम प्रदेशका करीब २०० जना मजदुरहरु अलपत्र परेका बताए । स्थानीय सरकारले आफ्नै गाउँ–ठाउँमा ल्याउनका लागि कुनै पहल नगरेको उनको गुनासो छ । सम्बन्धीत नीकायमा पटक–पटक आफू अलपत्र परेको जानकारी गराउँदा समेत आश्वासन मात्र पाएको मजदुरहरुको दुखेसो छ । आफूहरुलाइ जती सक्दो चाडो नेपाल फर्काउन पनि उनीहरुले स्थानीय सरकारलाइ गुहारीरहेका छन ।
यसैबीच उता डोटीको सायल गाउपालिका–३ पानीखालका मजदुर धार्चुलामा अलपत्र परेका छन । रोजगारीको शिलशिलामा भारतमा रहेका करीब १३ जना मजदुर नेपाल–भारतको सीमानाका धार्चुलाको चैघाटमा अलपत्र परेका हुन । अलपत्र परेको करीब २ हप्ता बितीसके पनि अझै उनीहरुको उद्धार हुन सकेको छैन ।
सरकारले सीमानाका खालेको दिनमा नै आ–आफ्नो घर पुग्ने आशमा आएका उनीहरु सीमानाका बन्द भएसंगै अलपत्र परेका अहिले खुला आकाशमुनी रात बिताइरहेका हरि थापाले गुनासो गरे ।
उनले भने, ‘नेपाल भित्रीने आशमा सीमानाकामा पुग्यौ, तर अहिले घर न घाटको भइयो, आएको दुइहप्ता बितीसक्दा पनी उद्धार हुन सकेको छैन, आफ्नो जन्मभूमि कहिले आउन पाउछौ ।
उनी जस्तै अन्य थुप्रै भारतमा काम छाडेर अहिले धार्चुलामा अलपत्र परेका नागरिकहरुको गुनासो छ । उनीहरुले सक्दो चाडो आफूँहरुलाइ आफ्नो जन्मभूमि फिर्ता ल्याउन माग समेत गरेका छन ।