लाग्थ्यो दुःख पर्दा देशले सम्झिने छ देशमा सरकार छ । गरिव, बिपन्न, असाहय, मजदुर वर्गको उत्थानका लागि सधै सुखि नेपाली समृध्द नेपालको लोकप्रिय नारा दिदै आएको सरकार यसरी निरीह बन्ला भनेर कल्पना समेत गरेको थिएन ।
यस्तै–यस्तै पीडा छन प्रदेशीका । सायद यतै केहि काम पाईन्थ्यो भने किन जान्थे होला अर्काको देशमा, ज्याला मजदुरी गर्न , मनभरी पीडा अनी घरका जहान खुशी पार्न सुनौला सपना बोकि विदेशीएका दाजुभाई यतीबेला विश्वब्यापि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड–१९ का कारण विदेशका गल्लि–गल्लिमा अलपत्र अनी भोक–भोकै जिउन बाध्य छन ।
यस्तो दुखदायि पीडा भोगिरहेका नेपालीहरुको गुनासो अहिले सुनिदिने कोहि छैन । दिन दिनै हरेक क्षेत्रको व्यक्ती संग हामीलाई उद्धार गरियोस भनी हार–गुहार गरिरहेका छन । अहिले सम्मको अबस्थामा भारतमा रहेका आम नेपालिले दिन–दिनै कष्टकर जीवन भोगिरहेका छन ।
होटेल, कम्पनी सहित सरकारी कार्यालय तिर काम गर्ने नेपालीको रोजिरोटि खोसिएको छ भने केही बिल्डिगमा चौकादारि गर्ने दाजुभाईको मात्र हातमुख जोड्न पाएका छन । यो पनि कुन दिन खोसिने हो उनीहरुलाई थाहा छैन । हुनत यो महामारी विरुद्ध जुध्न जो जहाँ छन त्यहि बस्दा स्वास्थको हिसाबले राम्रो हुने भनिएको छ तथापि जब मानिस सुख सयलमा जीवन बेथित गरिरहेको हुन्छ त्यो अवस्थामा मात्रै स्वास्थ्यको ख्याल हुने रहेछ । अब त रोग भन्दानी भोक र शोकले मर्ने बेला भयो भन्छन् । अहिले पनि ती विदेशीएका युवाहरु संग दैनिक जसो सामाजिक सन्जालका माध्यम फेसबुक, ईमो, वाटसप, भाईबर, टुईटर, ईमेल लगाएतका सामाजिक संजालमा कुरा भैरहदा उनीहरुको एउटै माग छ हामी हाम्रो देश फर्किने अवस्था के छ ? के पहल भइरहेको छ नेपाल सरकार ?
‘हामीलाई जसरी नी नेपाल फर्काईनु पर्छ हामी नेपाल फर्किन चाहान्छौ हाम्रो एकमुठि शास जसरी पनि प्यारो मातृभुमि नेपाल पुगोस्’ उनीहरु भनिरहेका छन । भन्न त सरकाले कसैलाई पनि भोकभोकै मर्ने स्थित आउने छैन भन्छ तर भन्नु र गर्नुमा निकै नै फरक रहेछ कसैलाई गार्हाे अप्ठ्यारो परे नेपाली दुतावासलाई खबर गर्नु त भन्छ तर नेपाली दुतावास कानमा तेल हालेर सुतेको गुनासो गर्छन उनीहरु । न त फोन लाग्छ फोन लागेपनि फोन उठ्दैन या आलटाल गरिन्छ खासै चासो दिईदैन भन्छन ।
अब मेरो मनमा अनेक तरहका प्रश्नहरु उब्जिन थाले हिजो चुनावका बेला आफूलाई भोट खसाल्न आउनुहोस् भनेर नेपाल फर्काउनु भएको बिर्सेउ । के हिजोका चुनाबका बेलामा घोषणा पत्रमा युवाहरुको रोजगारीको ग्यारेन्टी गरेका छौ भनेको बिर्सेउ ? अब कहिले सम्म राजनीति खिचातानी, भागबन्डामा सिमित रहन्छौ त्यसै चुनावको नारा मात्र बनाएका हौ र ? सुखि नेपाली सम्बृद्ध नेपालीको नारा अहिलेको दुुई तिहाईको सरकारले अलपत्र परेका नेपालीको उद्धारमा किन कन्जुस्याइँ गरेको होला सबैको चिन्ता र चासो बिषय बनिरहेको छ ।
यस्तै विषम परिस्थितिमा बाहिरबाट आउने नागरिकहरुका लागि भनेर देशभरका हरेक स्थानीय तहले हजारौको संख्यामा क्वारेन्टाइनहरु तयार गरिएका छन् । तर ति क्वारेन्टाइमा रहेका सबै जसो बेडहरु भने खाली रहेका छन् । किन उनीहरुलाई आवश्यक चेकजाच गरेर ति क्वारेन्टाइनमा राख्न सकिदैन र सरकार ? कि ति क्वारेन्टाइनहरु हामीले यस्तो तयारी गरेका छौ भन्दै मिडियालाई देखाउनका लागि मात्रै बनाए हुन र आज हजारौ नागरिकहरु सीमा नाकामा भोक–भोकै अलपत्र परेका छन ।
ती नेपाली दाजुभाई कोही कन्चपुरको बनबासा पुल पारी छन भने कोहि दार्चुलाको महाकाली पारी छन, कति पीडा छ ती नेपाली दाजुभाईमा आफ्नै माटोमा लास जाओस् भनी नदीमा हाम फालेर समेत देश आईरहेका छन । लाखौ मानीसहरु घर फर्किने आशा बोकि भारतको भूमिमा छटपटाई रहेका छन ।
के अब उनीहरुलाई भोकै मर्न दिने त ? के अब नेपालीहरु नेपालमै फर्कन नपाएरै रोगले मर्ने हुन त ? के उनीहरुलाई नेपाल फर्काउन पहल नगर्ने त ? फेरी पनि यिनै प्रश्न उब्जिन्छन मनमा अब कुनै पनि हालतमा सुरक्षित तवरले नेपाल सरकारले विदेशिएका तथा अलपत्र परेका नागरिकलाई नेपाल भित्र्याउनै पर्छ होईन भने यसको ठूलो मुल्य चुकाउनु पर्छ । कति निरहि छौ हामी पद अनि कुर्सिका लागि लडिरहने लडाई आखिर कहिले सम्म नि सरकार ! सिमित औँलामा गनिने विदेशि नागरिक प्रहरी माथि हात पात गरिरहेका छन तर भारतमा मात्रै ४० लाख बढि नेपाली छन उनिहरु हरेक गल्लिमा भौतारिरहेका छन भारत सरकारलाई नेपाल र नेपाली प्रति कुनै माया र सद्भाव नै छैन उल्टो नेपालको खिचातानिको मौका उठाईदै सीमानाका आफू तिर तान्ने र सीमानाकामा सडक बिस्तार सहित उदघाटन गरिरहेको छ, काहाँ छ हाम्रो देश प्रतिको माया र, खै हाम्रो राष्ट्रवाद यतिबेला देश प्रतिको माया र हरेक नेपालीको उद्धार गर्न हामी किन पछाडी हटिरहेका छौ । हामी रहे पो हाम्रो देश रहला, जय नेपाली, जय देश ।
यस लेखका लेखक बिक्रम परियार क्रियाशिल दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सह– सचिव तथा रेडियो रामारोशन अछामको कार्यक्रम सँयोजक पदमा कार्यरत हुनुहुन्छ ।