धनगढी – कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ सामग्री अति आवश्यक पर्ने गर्दछन । कोरोना भाईरसको उपचारका लागि अहिले सम्म कुनै औषधी बन्न नसकेको अवस्थामा यसको संक्रमण हुनबाट जोगिन र यसको संक्रमण भए नभएको परिक्षण गर्ने स्वास्थ्य सामग्री अति आवश्यक पर्ने गर्छन । विश्वभरी अहिले स्वास्थ्य सामग्रीको अभाव भईरहेका बेला नेपालमा पनि कोरोना संग लड्नका लागि प्रयाप्त मात्रामा स्वास्थ्य सामाग्री छैनन् ।
कोरोना रोकथामका लागि बढी भन्दा बढी परिक्षण गरिन आवश्यक रहेको विज्ञहरुले बताउँदै आईरहेका भएपनि स्वास्थ्य उपकरणकै अभावमा कोरोना परिक्षण सुस्त भईरहेको छ । सुदूरपश्चिम प्रदेशमा आरएनए एस्ट्राक्सन किट नै सकिएपछि ३ दिन सम्म परिक्षण नै रोकिएको थियो । जुन केहि संख्यामा किट भित्रीएपछि शनिबारबाट सुचार भएको छ ।
तर सुदूपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भने कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि प्रयोग हुने स्वास्थ्य सामग्रीको अभाव नभएको बताउँदै आएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अहिलेकै अवस्थामा स्वास्थ्य सामाग्रीको अभाव भन्न नमिल्ने बताए । उनले सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य व्यवस्थापन आपुर्ति केन्द्रमा अहिलेको लागि प्रयाप्त मौजाद रहेको बताए । ‘धेरै संक्रमति एकै पटक देखियो भने त भन्न सकिदैन् ।’ उनले भने ‘छिटपुट संक्रमित मात्रै देखिने हो भने भनि स्वास्थ्य सामग्रीको अभाव हुँदैन ।’ उनले आरएनए एस्ट्राक्सन किटको अभावले केहि दिन परिक्षण रोकिए पनि अन्य सामग्रीको भने अभाव नभएको बताए ।
आरडीटी र भिटिएम मौजादको अवस्था
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अहिलेका लागि आरडीटी र भिटिएम मौजाद प्रयाप्त रहेको जनाएको छ । दु्रत परिक्षणका लागि ¥यापिड टेष्टका (आरडीटी) को मौजात ४ हजार ६ सय ९४ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख काकीर्ले आरडीटी सबै जिल्लामा मौजात रहेको बताए । जस अनुसार अछाममा १ सय ६४, बैतडीमा १ हजार २ सय १८, बझाङमा २ सय ९३, बाजुरामा १ सय ८६, डडेल्धुरामा ६ सय ७९, दार्चुलामा १ हजार २ सय ४६, डोटीमा ७२, कैलालीमा २ सय ४८ र कन्चनपुरमा ५ सय ८८ रहेका छन ।
त्यस्तै पीसीआर बिधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गर्न प्रयोग हुने भिटिएम पनि १ हजार ४ सय ३० ओटा रहेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख काकीर्ले बताए । उनले ९ सय १ ओटा भिटिएम धनगढीको पीपीएचएलमा रहेको र बाकी ५ सय २९ ओटा भिटिएम नौ ओटै जिल्लाका स्वास्थ्य कार्यालय र अस्पतालहरुमा रहको बताए । जसमद्ये अछाममा ४३, बैतडीमा २१, बझाङमा ६४, बाजुरामा २०, डडेल्धुरामा ६३, दार्चुलामा ३६, डोटीमा २१, कैलालीमा २ सय ५ र कन्चनपुरमा ५९ ओटा भिटिएम मौजात रहेका छन ।
रोकथामका लागि प्रयोग हुने सामाग्रको मौजादको अवस्था
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रयोग हुने सामाग्रको मौजाद पनि प्रयाप्त रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य व्यवस्थापन आपुर्ति केन्दको तथ्याङक अनुसार अहिले केन्द्रमा पीपीई सेट १ हजार १ सय ५, गाउन सेट ५ सय ६, एन ९५ मास्क ८ सय ६३, मास्क ९ हजार ४ सय ५०, अनुहार ढाक्ने फेस सेल्ड ४५, सेफ्टी गोगल्स ६४ र ग्लोब्ज ४ सय ४३ ओटा मौजाद रहेको छ ।
त्यस्तै आईआर थर्मामिटर ४२, सेनिटाईजन ३ सय ५१, सुज कवर १ सय ३५, हेड केप ४ सय १९ रहेको स्वास्थ्य व्यवस्थापन आपुर्ति केन्दले जनाएको छ ।
कति दिनलाई धान्छ मौजात सामाग्रीले
मन्त्रालयले मौजाद प्रयाप्त रहेको जनाए पनि कोरोना भाईरसको उच्च जोखिममा रहेको सुदूरपश्चिका लागि यो मौजात न्युन हो । भारतबाट लाखौ नेपाली आउने सक्ने आकलन गरिरहेका बेला उनीहरुको परिक्षण गर्नुपरेमा अहिलेको मौजाद केहि क्षणलाई पनि धान्न सक्ने अवस्था देखिदैन । उता जिल्ला र पालिकाहरुले पनि पटक पटक स्वास्थ्य सामग्रीको अभाव भएको बताउँदै आएका छन ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख काकीर्ले पनि उदयपुरको जस्तो धेरै संख्यामा कोरोना संक्रमण देखिएमा भने अहिलेको मौजाद प्रयाप्त नहुने स्वृकार गरे । तर उनले परिक्षणका सामाग्रीको अभाव देशैभरी भएकाले त्यसको असर सुदूरपश्चिममा परेपनि सुरक्षा उपकरणका सामग्री भने केन्द्रमा पनि प्रयाप्त मौजात रहेकाले समस्या नहुने बताए ।
अहिलेको अवस्थामा कोरोना भाईरस रोकथामका लागि परिक्षण नै बढाउन अतिआवश्यक रहेपनि त्यसमा भने केन्द्र र प्रदेश सरकार चुकेको देखिन्छ । जानकारहरुले कोरोना विरुद्धको लडाई जित्न बढी भन्दा बढी परिक्षणलाई जोड दिईरहेका भएपनि सुदूरपश्चिम प्रदेशमा परिक्षण सुस्त गतिमा भईरहेको छ ।
सुदूरपश्चिममा अहिले सम्म पीसीआर बिधिबाट २ हजार ९ सय २३ र आरडीटी बिधिबाट १४ हजार ६ सय ९१ ओटा परिक्षण भएका छन । जसमा ५ जनामा कोरोना संक्रमण देखिएकोमा पाँचै जना निको भएर घर फर्किसकेका छन । सुदूरपश्चिममा पाँचौ कोरोना संक्रमित बैसाख १ गते देखिएकोमा त्यसयता नयाँ संक्रमित थपिएका छैनन् ।