अत्तरिया - मान्छे जब सानो हुन्छ , उ आफ्नो घर भन्दा टाढा कहि खेल्न जादा लड्छ वा चोटपटक लाग्छ अनि उसले सबै भन्दा पहिला आफ्ना आमाबुवालाई सम्झन्छ अनि भन्छ ऐया आमा ! ऐया बा ! आमा डराएर हतारिदै जान्छिन अनि के भयो बाबु भन्दै आफ्नो काखमा राख्छिन त्यस पछि त्यो बालक आमाको काखमै निदाउछ र उसलाई त्यो आमाको काख संसारकै सबै भन्दा बढि सुरक्षित स्थान लाग्छ ।
ठिक यस्तै लाखौको संख्यामा आफ्नो र आफ्नो परिवारको भोको पेट पाल्नका लागि भारतका बिभिन्न ठाउँमा गएका नेपाली दाजुभाईहरुले यति बेला नेपाल आमाको काखलाई खोज्दै भौतारिरहेका छन् ।
उनीहरु आफ्नो सुरक्षाका लागि नेपाल आमाको काखलाई सम्झिदै रोइकराई गरिरहेका छन् । उनीहरु भन्छन् आमा तिमी काहाँ छौ खाने कुरा सक्कियो , हामी भोकभोकै मर्ने दिन आयो , हामीलाई बचाउ , हामीलाई आफ्नो काखमा लेउ । तर उनीहरुको त्यो पिडा , त्यो रोदनलाई कोही सुन्ने पक्षामा छैन । हुन त उनीहरुको कुरा सुन्नलाई अहिले न नेपालमा चुनाब भैरहेको छ , न त उनीहरुवाट पैसा (रेमिटान्स) नै आइरहेको छ । यो बेला भारतका बिभिन्न शहरहरुमा लाखौको संख्यामा अलपत्र परेका नेपालीहरु घर र घाटका भएका छन् ।
कोरोना भाईरसको रोकथामका लागि भन्दै अहिले नेपालमा डेढ महिना र भारतमा दुई महिनादेखी लकडाउन रहेको छ । भारतमा रहेका धेरै नेपालीहरुको जागिरबाट हात धुनु परेको छ , होटल तथा खाध्यान्न पसलहरु बन्द छन् , तलब पाएका छैनन् , कोठमा भएको खाध्यान्न दुई महिना सम्म खाए अब सबै रित्तियो , लकडाउन बढ्दै गएको छ यि याबत समस्याले नेपालीलाई बारम्बार पिरोलिरहेको छ तर पनि दुई तिहाइ बहुमत भएको मेरो सरकार अहिले टुलुटुलु बसेर रमिता हेरिहेको छ ।
अहिले स्थानिय , प्रदेश र संघिय गरेर हाम्रो देश नेपालमा तिन तहको सरकार बनेका छन् । तर पिडामा परेका लाखौ नेपालीहरुको आखाँमा आइरहेको आशु पुछिदिन एउटा सरकारले पनि आटँ गरेको छै्र्रन । भारतका बिभिन्न शहरहरु रहेकाहरुको कुरा त परै जाबस सिमा सम्म पुगिसकेका नेपाली दाजुभाईहरुले आफ्नो देशमा प्रबेश गर्नका लागि काठमाण्डौको आदेश कुरेर बसिरहेका छन् ।
घरमा बुढा आमा बुबा बिरामी छन् , कतिको मृत्यु समेत भइसक्यो तर आफ्नै जमिनमा आउने ढोका बन्द भएपछि अहिले भारतको एक कुनामा भोकभोकै बसेर रुनु बाहेक अर्को केही बिकल्प छैन हाम्रा नेपालीदाजुभाईहरुको । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान लगाएतका बिभिन्न शहरमा जब कोेरोनाको संक्रमण बढ्दै गयो त्यहाँ रहेका नेपालीहरु निकै डराए ।
त्यसपछि नेपाल आउन चाहनेहरुले नेपाल सरकारलाई चाडो भन्दा चाडो आफ्नो उद्धार गर्न माग गरे । नेपाल सरकारले पनि उनीहरुको पिडालाई निकै गम्भिरताका साथ लिदै नेपाल फर्काउने बन्दोबस्ता सहित नेपाल वायुसेवा निगमको जहाज पठाएर काठमाडौं ल्यायो । चीनको हुबेइ प्रान्तका ६ शहरमा रहेका १ सय ७५ जना नेपालीलाई उद्धार गरियो ।
तर अहिले त्यही कोरोनाका कारण भारतमा भोक भोकै मर्ने अबस्थामा पुगिसकेका लाखौँ नेपालीहरुको पिडा किन बुझिरहेको छैन दुई तिहाइका पावरफुल सरकार ? भारतमा पनि त कोरोनाको संक्रमण बढ्दै गएको छ , भारतमा बस्नेहरुले हवाइजाहाज पठाउन त माग गरिरहेका छैन । उनीहरु आफु रोगले भन्दा भोकले मर्ने अबस्थामा पुगेकाले नेपाली भूमि सम्म मात्र पुञ्याइदिने ब्यबस्था मिलाइदिन माग गरिरहेका छन् ।
उनीहरु भन्छन हाम्रो कारणले देशलाई खतरामा राख्न चाहानौ तर भोक भोकै भारतमै मर्न पनि चाहानौ , नेपाल सरकारले जे भन्छ त्यही मान्छौ जाहाँ बस्नुपर्छ बस्न तयार छौ तर वरिपरी मृत्यु नै मृत्युको भूमरीमा रहेकाले हामीलाई बचाइदे सरकार । यो बिपदको बेला आफ्नो आफ्नो उद्धार गर्न बारम्बार सरकारलाई आग्रह गरिहेको भएपनि सरकारले भने उल्टै सिमा नाकामा कडाइ गर्दै भारतवाट कसैलाई भित्रिन नदिन निर्देशन गरेको छ ।
यस बिषयमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसंग कुराकानी गर्दा उनले सिमा सम्बन्धि अधिकारी प्रदेश सरकारलाई नभएको बताए । उनले भने मैले भारतमा अलपत्र परेका नेपालीहरुको पिडालाई महशुस गरिरहेको छु तर के गर्नु यसको अधिकार हामीलाई छैन , तर पनि म संघिय सरकारसंग पहल गरिरहेको छु ।
भारत लगाएत तेस्रो मुलुकवाट आउने नागरिकहरुका लागि भने देशभर हजारौको संख्यामा क्वारेन्टाइनहरु तयार गरिएका छन् । तर ति क्वारेन्टाइमा रहेको सबै जसो बेडहरु खाली रहेका छन् । किन उनिहरुलाई आवश्यक चेकजाच गरेर ति क्वारेन्टाइनमा राख्न सकिदैन र सरकार । कि ति क्वारेन्टाइनहरु हामीले यस्तो तयारी गरेका छौ भन्दै मिडियालाई देखाउनका लागि मात्रै बनाइएका हुन् ।
भारत बिभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई त्यहाँका प्रहरी अधिकारीहरुले नेपालीहरुलाई कति दिन पाल्ने भन्दै धम्काईरहेका छन् । तिमीहरुको देशले लैजान्न हामीले कति सम्म पाल्ने भन्दै नेपालीहरुलाई बिभिन्न दबाब दिइरहेका छन् । भारतमा रहेका नेपालीले के अपराध गरे होलान जसको परिणाम अहिले भोगिरहेका छन् ।
कि उनीहरु यो देशका नागरिक होइनन । विश्व नै संकटमा रहेको यो बिषम परिस्थितीमा भारतमा भोका , तिर्खा र सडकमै बास भएका नेपालीहरुलाई परेको पिडा र समस्यालाई नेपाल सरकारले एक पटक गम्भिर भएर सोच्न आवश्यक छ ।