धनगढी – सुदूपश्चिम प्रदेशमा मंगलबार १ सय ८१ जनाको कोरोना परिक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसीआर बिधिबाट २४ र आरडीटी अर्थात ¥यापिड टेष्ट मार्फत १ सय ५७ जनाको कोरोना परिक्षण गरिएको छ ।
यो संगै मंगलबार सम्म सुदूरपश्चिममा १७ हजार ३ सय २० जनाको कोरोना परिक्षण भईसकेको छ ।
जसमा पीसीआर प्रबिधिबाट २ हजार ९ सय १९ जनाको कोरोना परिक्षण गरिएको छ भने ¥यापिड टेष्टमा मार्फत १४ हजार ४ सय १ जनाको कोरोना परिक्षण गरिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।
सुदूरपश्चिममा हाजसम्म ५ जना कोरोना पोजेटिभ देखिएकोमा ४ जना निको भएर घर फकिसकेका छन भने एक जना सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन । त्यस्तै कोरोना आशंकामा सेती अस्पतालको आईसोलेसनमा ४ जना भर्ना गरिएको छ ।
त्यस्तै सुदूरपश्चिममा ३ हजार ४ सय ४० जना क्वारेन्टाईनमा राखिएका छन भने २ जनाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ । जसमद्ये एक जना कोरोना संक्रमित पुष्टि भएकी धनगढीकी महिला हुन भने अर्का कोरोना आशंकामा भर्ना भएका कैलालीमै बस्दै आएका युवा हुन ।
देशैभरी १५८२ जनाको कोरोना परीक्षण
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा देशैभरी १ हजार ५ सय ८२ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म पिसिआर र आरडिटीबाट ६६ हजार ७७ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१३ हजार ८ सय ५० जनाको पिसिआर र ५२ हजार २ सय २७ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता डा विकास देवकोटाले बताए। मन्त्रालयका अनुसार प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश २ मा ५ हजार ७ सय ७८, बागमतिमा ८ हजार ९ सय ४०, गण्डकीमा ६ हजार ७५, प्रदेश ५ मा ५ हजार १ सय ९३, कर्णालीमा ५ हजार ८ सय ७६ र कर्णाली प्रदेशमा १४ हजार २ सय ४४ जनाको आरडिटिबाट परीक्षण भएको छ ।
मंगलबार बिहान नेपालगञ्जमा सात जना थपिएसँगै संक्रमितको संख्या ८२ पुगेको छ ।