आदरणीय प्रधान मन्त्री केपि शर्मा ओली ज्यु, नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा ज्यु, विदेश मन्त्री प्रदिप ज्ञवाली ज्यु, सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट ज्यु
भारतमा कामको सिलसिलामा आएका नेपालीहरुको अवस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ । भारत सरकारले कोरेना भाइरस कोभिड– १९ नियन्त्रणको लागि लगाएको लकडाउनका कारण भारतमा ज्याला मजदुरी गरि खाने हामी नेपालीहरुको पीडा बढ्दै गएको छ ।
यो विपतको घडीमा पनि नेपाल सरकारले भारतमा रहेका आफ्ना नागरिकको पीडालाई एक कानले सुन्ने र अर्को कानले उडाउने गरेको हामीले अनुभुती गरेका छौ । हामिले पटक–पटक नेपाली मिडिया मार्फत हामीहरु भारत मा असुरक्षित छौ भन्दा पनि सरकार ले कुनै किसिमको ठोस कदम उठाएको छैन भारतका बिभिन्न राज्य कर्नाटका, महारास्ट्र, तामिलनाडु, दिल्ली लगायतका सहरहरुमा अहिले हजारौंको सङ्ख्यामा नेपालीहरुको बिचल्ली हुनु का साथै कतिपय को रोजगारी समेत छुटेर बेहाल भएका छ्न ।
मैले माननीय प्रधान मन्त्री के पि शर्मा ओलि ज्यु को सचिवालय मा समेत सम्पर्क गर्दा फोन उठेन । मन्त्री ज्यु चाइनामा रहने नेपालीका छोराहरु मात्र नेपाली र भारतमा बस्ने हामी नेपालीहरुलाई यो सौतेनी व्यबहार किन । भोट माग्ने बेला त खुट्टा ढोग्नु हुन्छ, यो विपत्तिको घडीमा किन कान थुन्नु हुन्छ । तर हामीहरुलाई पनि प्लेन चार्टर गर्न सकिन्न ? होइन भने तपाईं त्यहाबाट प्लेन पठाइ दिनुहोस् हामी आफू सङ्ग भएको किड्नी समेत बेचेर तपाईंको पेलेन को भाडा चुकाइ दिन्छौ । हामीलाई यो ठाउँमा ज्वरो आए पनि सिटामोल पाउन सक्ने अवस्था छैन । त्यसैले हामीहरु जुनसुकै परिस्थितिको सामना गरे पनि आफ्नै नेपाल मा गर्न चाहन्छौ ।
प्रवासमा भएका पीडितहरुको माझबाट यो सन्देश मेरा देशका प्रधान मन्त्री के पि शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा, विदेश मन्त्री प्रदिप ज्ञवाली र सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट ज्यु यो संदेश हेर्नु हुन्छ भने कृपया यो पत्र देखे पनि नदेखे जस्तै नगरिदिनु होला । धन्यावाद