धनगढी – कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिममा निर्माण गरिएका ६१ प्रतिशत क्वारेन्टाईन खाली रहेका छन । अहिले पनि भारत तथा बाह्य जिल्लाबाट आएकाहरुलाई क्वारेन्टाईनमा नराखिएको ओरोप लागिरहेका बेला यहाँ रहेका ६१ प्रतिशत क्यारेन्टाईन वेड भने खाली रहेका छन ।
सुदूरपश्चिमका नौ ओटै जिल्लामा स्थानिय तह तथा प्रदेश सरकार मार्फत ९ हजार ५६ वेड क्षमताका क्वारेन्टाईन निर्माण गरिएका छन । जसमा सबैभन्दा बढी कैलालीमा २ हजार ७ सय ३२ वेड क्षमताका क्वारेन्टाईन निर्माण गरिएका छन भने सबैभन्दा कम बाजुरामा ४ सय २२ वेड क्षमताको क्वारेन्टाईन निर्माण गरिएका छन । त्यस्तै बैतडीमा १ हजार ८ सय ३२, बझाङमा ८ सय ९२, डडेल्धुरामा ४ सय २७, दार्चुलामा ८ सय ६९, डोटीमा ६ सय ९६, कन्चनपुरमा ६ सय १४ र अछाममा ४ सय ७२ वेड क्षमताका क्यारेन्टाईन निर्माण गरिएका छन ।
यी सबै क्वारेन्टाईनमा गरेर सोमबारको तथ्याङ्क अनुसार जम्मा ३ हजार ५ सय ७३ जना क्वारेन्टाईनमा रहेको सुदुपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । जुन कुल क्वारेन्टाईन वेडको ३९ प्रतिशत हो । यसरी हेर्दा खालि क्वारेनटाईन वेड ६१ प्रतिशत रहेको देखिन्छ ।
जिल्लागत रुपमा सबैभन्दा बढी बैतडीमा वढी १ हजार ३ सय १९ जना क्वारेन्टाईनमा रहेका छन भने सबैभन्दा कम डोटीमा २ जना क्वारेन्टाईनमा रहेका छन । त्यस्तै अछाममा १ सय ६४, वझाङमा ६ सय ८६, बाजुरामा ३ सय २२, डडेल्धुरामा ६९, दार्चुलामा ५ सय ५५, कैलालीमा ३ सय ४७, कन्चनपुरमा १ सय ९ जना मात्रै क्वारेन्टाईनमा रहेका छन ।
सुदूरपश्चिममा आज १२१ जनाको कोरोना परिक्षण
सुदूपश्चिम प्रदेशमा सोमबार १ सय २१ जनाको कोरोना परिक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसीआर बिधिबाट १३ र आरडीटी अर्थात -यापिड टेष्ट मार्फत १ सय ८ जनाको कोरोना परिक्षण गरिएको छ ।
यो संगै सोमबार सम्म सुदूरपश्चिममा १७ हजार १ सय ३९ जनाको कोरोना परिक्षण भईसकेको छ ।
जसमा पीसीआर प्रबिधिबाट २ हजार ८ सय ९५ जनाको कोरोना परिक्षण गरिएको छ भने -यापिड टेष्टमा मार्फत १४ हजार २ सय ४४ जनाको कोरोना परिक्षण गरिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।
सुदूरपश्चिममा हाजसम्म ५ जना कोरोना पोजेटिभ देखिएकोमा ४ जना निको भएर घर फकिसकेका छन भने एक जना सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन । त्यस्तै कोरोना आशंकामा सेती अस्पतालको आईसोलेसनमा ४ जना भर्ना गरिएको छ ।