अत्तरिया - चिनवाट सुरु भएको कोरोना भाईरस अर्थात कोभिड १९ विश्वभर महामारीका रुपमा फैलिएको छ । अहिले विश्वका शक्तिशाली देशहरु कोरोनाको संकटमा गुर्जिरहेका छन् । कोरोनाका कारण विश्वभर लाखौ मानिसहरुले अकालमै ज्यान गुमाएका छन् भने लाखौ जना संक्रमित भई रोगसंग लडिरहेका छन् ।
यसवाट हाम्रो देश नेपाल अछुतो रहने कुरै भएन । छिमेकी मुलुक भारतमा पनि हजारौ जना कोरोना संक्रमितहरु भेटिदा नेपाल भने अहिले सम्म ७५ जना मात्रै संक्रमित फेला परेका छन् जसमध्य १६ जना निको भएर घर फर्किसकेका छन् । कोरोना नियन्त्रण तथा रोकथामका लागि भनेर नेपालमा झण्डै डेढ महिना र भारतमा दुई महिना देखी लकडाउन (बन्दाबन्दी) जारी रहेको छ ।
यो बिचमा धेरै नेपालीहरु बिचल्लीमा परेका छन् । आफ्नो देशमा रोजगारी नपाउदा बिदेशिन बाध्य खास गरि नेपालसंग निकै नजिक रहेको छिमेकी भारतमा रहेका धेरै नेपालीहरु बिचल्लीमा परेका हुन् । अहिले सामान्य होटलमा काम गर्ने देखी बिभिन्न ठूला कम्पनीहरुमा काम गर्ने सबै नेपालीहरुको अबस्था एउटै भएको छ । भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै जादा भारत सरकारले जति जति लकडाउनको अबधि बढाउदै लग्यो त्यति त्यति आफुहरु मृत्युको मुखमा पुगिरहेको भारतको मुम्बईवाट डडेल्घुराका दिपक तमोलीले बताए । आफुहरु यति ठूलो पिडामा रहेको अबस्थामा पनि नेपाल सरकारले कुनै पहल नचालेको भन्दै उनले सरकारप्रति निकै आक्रोश पोखेका छन् ।
'हेर्नुस हामी यँहा आज हो कि भोली जिवन र मृत्युको बिचवाट बाचिरहेका छौ तर पनि मेरो सरकार किन चुपचाप लागेर बसिरहेको छ , हामी निकै पिडामा छौ सरकार अब हामी रोगले होइन भोगले मर्ने अबस्थामा पुगेका छौ , किन हाम्रो उद्धार भैरहेको छैन , के हामी नेपाली होइनौ र , हाम्रो उद्धार कहिले हुन्छ उनले सरकारलाई प्रश्न गर्दै गोदावरी न्युजलाई भने - यो कुरा प्रधानमन्त्री , मन्त्री समक्ष पुगाइदिनुहोला ।'
देशभर लकडाउन गरिएको अबस्था बाहिनवाट केही किनेर खाउ भन्दा नपाईने र भित्रि बस्दा खाना र पानी समेत नहुने हुुदा अबको दिनमा के गरि बाच्ने भन्नेमा निकै पिर परिरहेको उनले बताए । उनले जसरी भएपनि नेपाल सरकारले आफ्नो देशका नागरिकहरुलाई घर सम्म लैजाने ब्यवस्था गरिदिन उनले माग गरेका छन् ।
अहिले भारतमा सय पचास जना भन्दा पनि हजारौ नेपालीहरुको बिचल्ली भएको बिगत १० बर्षदेखी भारतको मुम्बई शहरमा बस्दै आएका कैलालीको गोदावरी नगरपालिका वडा नं १ का हर्क बिवश खनालले बताए । यस अघि केही भण्डारण गरेर राखेको खानेकुराहरु अहिले सम्म खाए पनि अब के खाने भन्ने कुराको पिर दिनहु जसो सताउन थालेको उनले बताए ।
भारतमा भोकले मर्नुभन्दा आफ्नै देशमा मर्न तयार रहेको बताउदै बरु नेपालमा ४० दिन भए पनि क्वारेन्टाइनमा बस्न तयार रहेकाले जसरी पनि नेपाल जाने वाताबरण मिलाउनका लागि बारम्बार सरकारलाई आग्रह गर्दै आएको बताए । नेपाल भित्रका नेपालिहरुलाइ एक ठाउँवाट अर्को ठाउँमा आवतजावत गर्न दिइने तर हामी प्रवासमा अलपत्र परेका नेपालीहरुको यसरी बेवास्ता हुन्छ भने आउदा चुनावमा भोट माग्न गाउँ प्रवेश गर्ने नेतालाई के गर्नु पर्ने हो , हामी गर्छौ भन्दै भारतमा रहेका धेरै नेपालीहरु नेपाल सरकारसंग रुष्ट रहेको उनले बताए ।
नेपाल सरकारले सिमा नाका खोलेमा आफ्नो राज्यमा रहेका सबै नेपालीलाई बस र स्पेसल रेल सेवा प्रदान गरेर सिमा सम्म पुर्याउने बताइरहेका बेला नेपाल सरकारले भन्सार नखोल्ने भएपछि झनै समस्या भएको उनको भनाई छ । यस्तै सुदुरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय उपाध्यक्ष दिपक खड्काले भारतका बिभिन्न ठाउँमा अलपत्र परी साझ बिहान समेत खानलाई केही नभएका नेपालीहरुलाई आफ्नो सामाजका तर्फवाट थोरै भएपनि खाध्य सामाग्रीहरु सहयोग गर्दै आइरहेको बताए ।
उनले भारतका बिभिन्न राज्यमा रहेको समाजका शाखाहरुवाट अत्यन्तै समस्यामा परेकाहरुलाई राहात वितरण भैरहेको जानकारी दिए । अहिले भारतमा अलपत्र परेका हजारौ नेपालीहरुले जसरी भएपनि नेपाल जाने बतावरण मिलाइदिनुपञ्र्यो भन्दै समाजलाई बारम्बार फोन मार्फत खबर गर्दै आइरहेको उनले बताए ।
'अब हामी आफै पनि अलपत्र पर्ने अबस्था आइरहेको छ' उनले भने - 'अहिले धेरैले आफ्नो रोजगारी गुमाएका छन् , खानालाई दाल चामल छैन , बाहिनवाट किन्नलाई पैसा छैन , पैसा भए पसल खुल्ला छैन कसरी दिन काट्ने होला निकै बिजोग छ यस तर्फ सरकारको ध्यान जान आवश्यक छ ।
प्रधानमन्त्री केपी ओलीले सीमा नाकाहरुमा थप कडाई गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भारतबाट कोरोना भित्रिन नदिन सिमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । बैठकमा मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल भारतमा रहेका नेपालीलाई ल्याउन नसकिने पनि बताएका थिए ।
यो अबस्थामा सिमा नाकामा रहेका र भारतका बिभिन्न शहरहरुमा रहेकाहरुलाई झनै कठिनाई हुने देखिएको सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष भुवन प्रशाद भट्टले बताए । उनले नेपालका प्रधानमन्त्रीले भारतमा बस्ने नेपालीलाई अहिले न भित्र्याउने भनि दिएको निर्देशनले आफुहरुलाई झन मृत्युको मुखमा फालेको भन्दै यसमा आफुहरुको घोर आपत्ती रहेको बताए ।
कि त भारतमा बस्ने नेपाली हाम्रो नागरिक होइन भन्नू पञ्र्यो , होइन भने नेपालमा आउने वातावरण बनाउनु पञ्र्यो सरकारप्रति आक्रोश पोख्दै उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् - 'प्रधानमन्त्री ज्यू आफ्नो आमाको काखमा आउन कसै माइकालालले रोक्न सक्दैन भारतको लाकडाउन मात्रै खुलोस न तपाईं ले कसरी रोक्नु हुन्छ , तपाईंको तानाशाह प्रवृत्तिको सामना गर्न भारतमा रहेका नेपाली सक्षम छन । हामी सचेत नागरिक हौ , हामी हाम्रो कारणले हाम्रो देशलाई खतरामा राख्न चाहानौ तर भारतमा पनि भोकै मर्न चाहानौ ।'
उनले भारत रहेका नेपालीहरुको उद्धार र ब्यवस्थापनका लागि गर्न नेपालमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ , पत्रकार संघसंस्था , राजनीतिज्ञ उधोगी ब्यापारी , मानवअधिकार वादी संस्थाहरुले नेपाल सरकारलाई दबाब दिनका लागि आग्रह गरेका छन् ।