अत्तरिया - देश फेरियो , नेता फेरिए , घरघरमा सिंहदरबारको नारा लगाउदै हरेक स्थानीय तहमा नयाँ नयाँ जनप्रतिनिधिहरु पनि फेरिए । तर ओलानीबासीका समस्या जस्ताका त्यस्तै रहेको छन् । उनिहरुको खोलाको दुषित पानी पिउने दिन कहिल्यै फेरिएन । तराई क्षेत्रको पुरानो बस्तीका रुपमा रहेको ओलानी गाँउ पहिले भन्दा अहिले धेरै परिर्वतन भैसकेको छ । गाँउका हरेक भित्रि सडकहरु फराकिलो बनाउदै पिच हुने अबस्थामा रहेका छन् ।
पहिला पहिला अत्तरिया बजारदेखी ओलानी गाउ सम्म जानका लागि एक दुई बस वा जिपहरुलाई दिनभर कुरेर बस्नुपर्ने बाध्यता थियो । यद्धपी अहिले दिनभर बिभिन्न खाले सवारी साधनहरुको आवात जावत गरिरहेका हुन्छन् । गाउमा बाटोघाटो , यातायत लगाएतको सुबिधा पुगेपनि खानेपानीको सुविधा नहुदा ओलानी क्षेत्रका स्थानियहरु अझै पनि खोलाकै दुषित पानी पिउन बाध्य छन् । लामो समयदेखी खानेपानीको समस्या झेल्दै आएका साविक गोदावरी गा.वि.स हालको गोदावरी नगरपालिका वडा ११ र १२ का स्थानियहरु गाउमा पानीको सहज पहुच नपुग्दा बर्षौदेखी खोलाको दुषित पानी पिउन बाध्य भएका हुन् ।
केहि घरपरिवारले कुवाको पानी प्रयोग गर्ने गरेपनि अधिकाशं घरपरिवारहरु हरेक कामका लागि खोलकै पानी प्रयोग गर्ने गरेका छन् । अधिकंश स्थानीयहरुका घरको अगाढी खानेपानीका धारा जोडिएको तर आयोजना बन्द भएपछि दशक यता धारामा पानी आउन छाडेको स्थानीयहरु बताउदँछन् । आफु बिहे गरेर ओलानी आएको बर्षौ भैसक्दा पनि बर्षौदेखी पानीका दुःख जस्ताका त्यस्तै रहेको चर्को गर्मीमा कुवाको पानी निकालेर लुगा धुदै गरेकि गोदावरी नगरपालिका १२ की स्थानिय महिला निर्मला खड्काले बताइन् ।
उनले हरेक स्थानियहरुको घर अगाडी खानेपानीको धारामा भएपनि धारामा पानी नआँउदा समस्या भैरहेको बताइन् । दुवै वडामा पर्ने ओलानीको तल्लो क्षेत्रका झन्डै दुई सय परिवारले कुवाको पानी प्रयोग गर्ने गरेका छन् । गाउँमा अन्य सेवा सुबिधा पुगेपनि खानेपानीको समस्या उस्तै रहेको गोदावरी नगरपालिका वडा नं ११ का वडा सदस्य समेत रहेको देव बहादुर बडैलाले बताए । उनले पहिले पनि आफुहरु मछेली खोलाकै पानी पिउने गरेको र अहिले पनि त्यहि खोलाको पानी पिउन बाध्य रहेको बताए ।
‘गोदावरी नगरपालिकाको ११ वडामा पर्ने यो माथिल्लो बान्दे्र खाल ऐरियामा करिब २ सय देखी ३ सय घर परिवार अहिले पनि खोलको धमिलो पानी खान बाध्य छन् ’ उनले भने – ‘ बिहानै उठेर खोलमा गइ पानी ल्याउने र केहि बेर राखेर त्यसै पिउने गर्दछौ । ’हरेक कामको लागि खालकै पानी प्रयोग गर्ने गरेको स्थानियहरुको भनाई छ ।
खोलाको पानी पिउदा कतिपयले अकालमै ज्यान समेत गुमाउन बाध्य भएको वडा सदस्य बडैलाले बताए । उनले खोलाको पानीका कारण स्वास्थ्यमा बिभिन्न खालको समस्या आउने गरेको दुखेसो पोखे । खोलाको पानीका कारण बेलाबेलामा आउँ ,हैजा झाडा पखाला , आँखा पाक्ने लगायत समस्या भोग्नुपर्ने गरेको उनको भनाई थियो ।

अहिले त खोलाको पानी संलो नै रहेको बताउदै उनले वर्षामा बिभिन्न बस्तुहरु मिसिएको धमिलै पानी पिउनुपर्ने बाध्यता रहेको गुनासो गरे । चुरेको फेदी भएर बग्ने भएकाले खोलामा हेर्दा पानी संलो देखिए पनि कतियपले खोलामै नुहाइधुवाइ गर्ने, बस्तुभाउ चराउने र मरेका वस्तुभाउ खोलामै कुहिने भएकाले प्रदूषित हुने गरेको छ । यस अघि जिल्ला खानेपानीले निर्माण गरेको गोदावरी खानेपानी आयोजनावाट गोदावरी ११ र १२ गरी दुवै वडाका पुरै घरपरिवारलाई खानेपानीको सुविधा पुञ्याएको थियो ।
यद्धपी पानीको मुहान स्थायी नहुदा अहिले सो आयोजना बन्द भएको छ । पानीको मुहान दिगो नभएका कारण पानीको राम्रो सुबिधा भएको आयोजना २०६० सालमा बन्द भएको वडा नम्बर ११ का वडा अध्यक्ष शिव बहादुर विकले बताए । उनका अनुसार अहिले ११ नं बडाका मात्रै करिब ३ सय परिवारले खोलाको दूषित पानी प्रयोग गर्ने गरेका छन् । त्यतिकै संख्यामा वडा नं १२ का घरपरिवारले खोलाको दूषित पानी प्रयोग गर्ने गरेका छन् । बस्तीको सिरानमा पर्ने चुरे फेदी भएर मछली खोला बग्छ ।
मछली खोलाको पानी सिँचाइका लागि नहर मार्फत गाउँमा पु¥याइएको छ । त्यही नहरमा बग्ने पानीलाई पाइप लाइन मार्फत स्थानीयहरुको घरमा पुञ्याएको अध्यक्ष बिकले बताए । स्थानियहरु अहिले पनि पाइपबाट ल्याइएको खोलाको पानी पिउन बाध्य रहेको बताउदै उनले तत्काल खानेपानीको समस्या समाधान गर्न कठिन रहेको बताए ।
‘अहिले हाम्रो वडामा २ ओटा ठुला खानेपानीका आयोजनाहरु निर्माण भैरहेका छन् ’ उनले भने – तत्कालै त समस्या समाधान हुन सक्दैन तर एक दुई बर्ष भित्र आयोजना निर्माणको काम सम्पन्न भएपछि सम्पुर्ण ओलानी बासीले शुद्ध पानी पिउन पाउनेमा हामी आशाबादी रहेका छौ ।