अत्तरिया - अहिले विश्वका विभिन्न देशहरु कोेरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणवाट संकटमा परेका छन् । विश्भर कोरोनाका कारण लाखौले ज्यान गुमाइसकेका छन् भने लाखौ संक्रमितहरु रहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिले नेपाल र भारतमा गरिएको लकडाउन जारी रहेको छ ।
नेपालमा यहि बैशाख २५ गते सम्मका लागि लकडाउन गरिएको छ भने भारतले थप २ हप्ताका लागि लकडाउनको अबधि बढाएको छ । यो बेलमा प्रवासमा रहेका धेरै सुदूरपश्चिमेलीबासीहरु समस्यामा परेका छन् । कहिले लकडाउन खुल्ला र कहिले घर जान पाइएला भन्दै सबैको ध्यान यस तर्फ नै गैरहेको छ । तर यहि बेला भारतवाट नेपालका लागि बस सेवा सुचारु गरिएको भन्दै सामाजिक संजालमा प्रचार प्रसार भएपछि धेरै जसो नेपालीहरु अन्यौलमा परेका छन् ।
यस्तो संकटको बेला भारतवाट नेपाल सम्म निशुल्क बस सेवा सुचारु गरिएको भन्ने गलत प्रचार प्रति सुदुरपश्चिमेली नेपाली समाजले आफ्नो ध्यानाकार्षण भएको जनाएको छ । सुदुरपश्चिमेली नेपाली समाज भारतले आज एक बिषेश सुचना जारी गर्दै सामाजिक संजाल फेसबुकमा भारतका बिभिन्न सहरबाट नेपालसम्म बस सेवा सुचारु गरिएको भन्ने भ्रमित प्रचार प्रसार प्रति आफ्नो गम्भिर ध्यानाकार्षण भएको जनाएको हो ।
समाजले सामाजिक सञ्जालमा फैलिएका यस्ता गलत र भ्रामक सुचनाको पछि नलाग्न पनि सम्पूर्ण प्रवासीहरुलाई आग्रह गरेको छ । भारत देखी नेपाल सम्मको बस सेवाका लागि नेपाल सरकार , भारत स्थित नेपाली रादुतावास तथा भारत सरकारको कुनै आधिकारिक निर्णय नभएको हुदा कसैले पनि सामाजिक संजालमा देखिएका भ्रामक सुचनालाई विश्वास नगर्नुहोला ।
त्यस्ता भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराधको दायरामा आउँछ , यस्ता भ्रामक सुचनाको पछि नलागौ । संयमित बनौं । कोरोना भाईरस फैलिन नदिन स्वयम् अनुशासनमा बसौं सुदुरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय अध्यक्ष दिपक प्रकाश मल्ल र महासचिव मोहनवीर साँउदद्धारा हस्ताक्षर सुचनामा भनिएको छ ।
साथै समस्यामा परेका दाज्युभाइ दिदिबहिनीहरुलाई सक्दो सहयोग गर्ने विश्वास दिलाउदै समस्या परेका विभिन्न राज्यका दाज्युभाइले सम्बन्धित राज्यका समाजसेवीसंग सम्पर्क गर्न पनि सुदुरपश्चिमेली नेपाली समाज भारतले सबैमा हुन आग्रह गरेको छ ।
