बझाङ – जिल्लाको थलारा गाउँपालिका घर भएका ९३ जना भारतको रामपुरमा रोकिएका छन् । उनीहरु त्यहाँ रोकिएको ३६ दिन भएको त्यहा रोकिएकाहरुले जनाएका छन । त्यहाँ १३ जना महिला सहित अन्य बालबालीका बृद्ध बृद्धा समेत छन् । क्यारेन्टाइनमै एक जना महिला दुई हप्ता अगाडी सुत्केरी भएकी पनि भएको त्यहाँबाट भरत थापाले जनाकारी दिए ।
भारतको विभिन्न क्षेत्रवाट घर आउनका लागि हिडेका उनिहरु नेपाल भारत लकडाउ भएर आवत जावत बन्द गरेपछि त्यहाँ भारतिय प्रहरीले रोकेको हो । रामपुरको एक सार्वजनिक घरमा बनाएको क्यारेन्टाइनमा राखेका उनीहरुलाइ त्यहाँको प्रहरी प्रशासनले खान दिए पनि बस्न खान साह्रै समस्या भएको थापाले बताए ।
थापाले भने ‘हामीलाइ धेरै दुःख भएको छ । महिला केटाकेटी छन् खान बस्न छैन । हाम्रो उद्धार गरिदिनु प¥यो ।’
उनले मानसिक तनावले धेरैको स्वास्थ्य समस्या भएको दुखेसो राखेका छन् ।
त्यहाँ रोकिएका सवै थलारा गाउँपालिकाको दंगाजी पाराकाट्ने र कोटभैरमा घर भएका मान्छेहरु हुन । टेलीफोन मार्फत अम्मर थापाले भने सरकारले पहल गरेर हामी छिटो नेपाल आउन पाँउ । भारतमा थप लकडाउन बढाएपछि उनिहरु झन निरास भएका छन् ।
बैतडी र दार्चुला नाकामा रोकिएकाहरुलाइ नेपाल जान दिएपछि रामपुरमा रोकिएकाहरुले पनि आफूहरुलाइ नेपाल आउनका लागि पहल गरि दिन टेलीफोन फेसबुक मार्फत नेपाल सरकार जनप्रतिनधि अगुवाहरु सवैलाई आग्रह गदै आएका छन् ।
थलाराका रामपुरमा रोकिएकहरुले थलाराका जनप्रतिनिधिहरुले आफूहरु नेपाल फिर्ता गर्नका लागि कुनै पहल चाँसो नगरेको दिएको दुखेसो राखेका छन् । त्यहाँ रोकिएका अम्मर थापाले भने स्थानिय जनप्रतिनधिहरु संग धेरै पटक फोन गरेर समस्या दर्शायौ तर सुनुवाइ गरिदिएन ।
यता थलाराका स्थानिय काँग्रेसका नेता मान बहादुर कडायत, सुर्य प्रकाश जोशीले आफूहरुले पनि पहल गरिएको वताए । तर स्थानिय सरकारवाटै पहल कम भएकाले उनीहरुले आउन नसकेको बताए ।
रोकिएकाहरुले मानवअधिकारहरुलाइ पनि नेपाल आउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । यता भारतको धार्चुला झुलाघाटमा रोकिएका आफ्ना मान्छेहरु नेपाल ल्याउन सफल भएका बझाडको बुगल नगरपालिकाका प्रमुख धन बहादुर विष्टले आफ्नो एक महिना अगाडी देखिको पहलमा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी संग समन्वय गरी उहाँले केन्द्र सरकार र केन्द्रले दिल्ली सरकार संग समन्वय गरेर ल्याउन सफल भएको वताए । उनले कन्चनपुरका प्रमुख जिल्ला अधिकारी संग थलारा गाँउपालीकाका अध्यक्षले समन्वय गरेर रामपुरमा रोकिएका मान्छेहरुलाइ ल्याउन सकिने वताए ।
भारतको थलारामा रोकिएका मान्छेहरुलाई नेपाल ल्याउन सम्वन्धीत निकाय संगसमन्वय भईरहेको थलारा गाउँपालिका अध्यक्ष भुबनेश्वर उपाध्ययाले वताए ।
काठमाण्डौ रहेका बझाडका पुर्व बन मन्त्री भानुभत्त जोशीले पनि रामपुर साथै बनवासामा रोकिएका नेपालीहरुलाइ नेपाल ल्याउन पहल भइ रहेको वताए ।