बीबीसी – कोरोना भाइरसविरुद्धको अभियानका लागि विश्व समुदाय एक हुन नसकेको र सोही कारण संक्रमण अहिलेको स्तरमा फैलिएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताएका छन् ।
कोभिड–१९ बाट विश्वभर धेरै मानिसको ज्यान जाँदा आफू स्तब्ध भएको बताउँदै उनले विश्वका नेताहरुको नेतृत्व क्षमताको कमीका कारण सर्वसाधारणको ज्यान गएको उनले बताए ।
भाइरसको महामारीका कारण मानवीय क्षतिसँगै आर्थिक–सामाजिक रुपमा गम्भीर असर परेको र त्यसका आँकलन विश्व समुदाय भाइरस विरुद्धको अभियानमा एकजुट भएर नलाग्दा गर्न सकिने नै रहेको उनले बताए ।
विशेष गरी बढी जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि विश्व समुदाय एक ठाउँमा आउन नसक्दा ठूलो नोक्सानी भएको महासचिव गुट्रेसले बिबिसीसँगको अन्तर्वार्तामा भनेका छन् ।
उनले भनेका छन, ‘कोरोना भाइरस विरुद्धको लडाईँमा हरेक देशले आ–आफ्नै रणनीति बनाए । भिन्न भिन्न देशहरुले भिन्दा भिन्दै योजनाहरु लागु गरे । एक ठाउँमा नआउँदा भाइरसले फैलिने मौका पायो ।’
महासचिव गुट्रेसले अघि भने, ‘कोरोना भाइरसको महामारी विरुद्ध अन्तराष्ट्रिय स्तरमा एकीकृत प्रयासको खाँचो छ ।’
कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिनुमा नेतृत्वको अभाव रहनु प्रमुख कारण रहेको गुट्रेसले बताएका छन् ।
सामाजिक सुरक्षालाई सुनिश्चित गर्नका लागि विश्व समुदाय एक ठाउँमा आउनुको विकल्प नरहेको उनले बताए ।
अहिलेको समय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको सहयोग रोक्ने होइन सकेसम्म बढाउने बेला रहेको भन्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोग रोक्ने गर्ने भनि गरेको घोषणाको आलोचना गरे ।
अहिलेको समय विकसित देशहरुलाई सक्दो सहयोग बढाउनु पर्ने भएकाले शक्ति र धनी राष्ट्रहरुले मन ठूलो बनाउनु पर्ने उनले बताए ।