टीकापुर – दक्षिण कोरीयाली संस्था कोइकाले कोरोना नियन्त्रण अभियानमा सहयोग पुग्ने उद्देश्यले टीकापुर अस्पताललाई करिव साढे २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विभिन्न छ प्रकारका स्वास्थ्य सामाग्री दक्षिण कोरीयाका राजदूत एच. ई. पार्क योङ सिकले आज टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरे ।
उनले पिपिई २५० सेट, केएन ९५ मास्क १ हजार २४० थान, सर्जिकल मास्क ४८५ थान, सर्जिकल ग्लोब्स १ हजार २०० थान र सेनिटाइजर २ सय लिटर बुझेका छन । सो अवसरमा अध्यक्ष रावलले कोइकाले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पु¥याईरहेको प्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा समेत कोइकाको सहयोग रहिरहने विश्वास रहेको बताए ।
यस्तै कोइकाले टीकापुर अस्पतालका अलावा अन्य तीनवटा अस्पताललाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोइकाले नुवाकोटको त्रिसुली अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र भक्तपुरको नेपाल कोरीया मैत्री अस्पतालला समेत स्वास्थ्य सामाग्री प्रदान गरेको हो । उसले ७८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
सो स्वास्थ्य सामाग्री दक्षिण कोरीयाली राजदूत एच. ई. पार्क योङ सिकले सम्बन्धित अस्पताल विकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका छन । स्वास्थ्य सामाग्रीमा पिपिई ७९० सेट, केएन ९५ मास्क ४ हजार ६९० थान, सर्जिकल मास्क २ हजार १८५ थान, सर्जिकल ग्लोब्स ४ हजार ४०० थान, स्यानिटाइजर ६ सय लिटर थर्मो्मिटर ५० थान रहेका छन ।
स्वास्थ्य सामाग्री प्रदान गर्दै दक्षिण कोरीयाली राजदुतले कोइकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्री सम्बन्धित अस्पताललाई कोरोना विरुद्धको अभियानमा सहयोगी हुने बताए । उनले कोरोना नियन्त्रणको प्रयास चाँडै सफल हुने विश्वास समेत व्यक्त गरे ।