एजेन्सी – वर्तमान समयको सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनी क्भलकयच त्यधभच ले जनाएको छ ।
पाँच महिनाअघि मात्र टिकटकका प्रयोगकर्ता डेढ अर्ब पुगेका थिए । पछिल्लो पाँच महिनामै टिकटकले ५० करोड नयाँ प्रयोगकर्ता थप्न सफल भएको हो ।
सन् २०२० को पहिलो त्रैमासिकमा टिकटकले एप डाउनलोडको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । जनवरी देखि मार्च सम्मको अवधिमा एप स्टोर र गुगल प्लेमा गरी टिकटक ३१ करोड ५० लाख पटक डाउनलोड भएको छ । कुनै पनि मोबाइल एप एक त्रैमासिक अवधिमा यतिधेरै पटक डाउनलोड भएको यो पहिलो पटक हो ।
पछिल्लो ३ महिनामा टिकटक एपको डाउनलोड संख्याले कीर्तिमान कायम गर्नुमा महामारीको लकडाउन सबैभन्दा मूख्य कारण रहेको बताइएको छ । कोरोना भाइरस महामारीको लकडाउनका कारण करोडौँ मानिसहरु घरभित्रै रहेको र उनीहरुले मनोरञ्जनका लागि टिकटकको अत्यधिक प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्ट अनुसार टिकटक प्रयोगमा भारत सबैभन्दा अगाडि रहेको छ । भारतमा कूल ६१ करोड १० लाख पटक टिकटक डाउनलोड भएको छ । यो टिकटकको कूल प्रयोगकर्ताको ३० दशमलब ३ प्रतिशत हो ।
दोश्रो स्थानमा रहेको चीन भारतभन्दा निकै पछाडि छ । अर्थात् कूल डाउनलोडको ९.७ प्रतिशत रहेको चीनमा टिकटक एप १९ करोड ६६ लाख पटक डाउनलोड भएको छ ।
त्यस्तै टिकटक एप डाउनलोड भएको एप प्लाटर्फममध्ये गुगल प्ले स्टोर झण्डै तेब्बरले अगाडि छ । गुगल प्ले स्टोरबाट डेढ अर्ब पटक टिकटक डाउनलोड भएको छ भने एप्पलको एप स्टोरबाट जम्मा ४९ करोड ५२ लाख पटक डाउनलोड भएको छ ।
नितान्त मनोरञ्जनको साधनको रुपमा रहँदै आएको टिकटकले पछिल्लो समय कल्याणकारी काममा पनि कदम चालेको छ ।
टिकटकले हालै म्यलबतष्यल क्तष्अपभचक थप गरेको छ । जसको माध्यमबाट मानिसहरुले च्यारिटीका लागि रकम दान गर्न सक्दछन् । कोरोना भाइरस महामारीविरुद्धको लडाइँलाई सहयोग गर्ने मनसाय स्वरुप नयाँ फिचर सुरु गरेको टिकटकले यसमार्फत् आगामी मे २७ सम्ममा १ करोड डलर रकम संकलन गर्ने लक्ष्य बनाएको छ ।