अत्तरिया - लायन्स क्लब अफ अत्तरिया सिटिले अपाङ्गता भएका ब्यक्तिहरु मध्ये स्पाईनल कर्ड ईन्जुरी तथा मांसपेशी बिचलन भएका ब्यक्तिहरुका लागि सहयोग गरेका आवश्यक सामाग्री गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
मंगलबार लायन्स क्लबले स्पाईनल कर्ड ईन्जुरी भएका ब्यक्तिहरुलाई दिशा पिसाब सफा गर्न दैनिक प्रयोजनका सामाग्रीहरु नहुदा समस्या भएको जानकारी पाएपछि ७ जनाका लागि सहयोग गरेको आवश्यक सामग्रीहरु आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
लायन्स क्लबका अध्यक्ष प्रमोद अधिकारीले विश्वभर कोरोनाको महामारी पछि देशभर गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुका लागि भनेर नगर स्तरीय अपाङगता कार्य संजाल अत्तरियाया संगको समन्वयमा ३ रोल कटन , ७ पिस बेटाडिन , ७ पिस सेनिटाईजर , ७ जोडि ग्लोबस , ७ सेट युरिन ब्यग र ७ सेट क्याथेटर पाईप सहयोग गरेको थियो ।
उक्त सामाग्रीहरु आज अपाङग एकता समाजका अध्यक्ष बिष्णु देब जोशी र नगर स्तरिय अपाङगकार्य संजालले आज एक अनौपचारिक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सि साउद, उपप्रमुख तथा अपाङगता परिचय पत्र वितरण समन्वय समितिका संयोजक रत्ना कडायत, नगर प्रबक्ता शर्मानन्द भट्ट , स्वास्थ्य शाखाका प्रमुखलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
प्राप्त भएका सबै सामग्रीहरु एकद्धार प्रणाली मार्फत बितरण गर्ने भनेर नगरपालिकालाई बुझाइएको संजालका सल्लाहकार मान बहादुर साउँदले जानकारी दिए ।
उनले नगर भित्र ११ जना स्पाईनल इन्जुरी भएका ब्यक्तिहरु रहेको विवरण आएकाले लायन्सबाट उपलब्ध ७ जनामा थप ४ जना गरि ११ जनालाई करिब दुई महिना पुग्ने सर्जिकल मास्क , युरो ब्यग , फोली क्याथेटर, कटन, झुल जेली,ग्लोबस,सावुन,टुथ पेष्ट, बेटाडिन, पेपर टेप, हेन्ड सेनिटाईजर, डाईफर, सेनिटरी प्याड लगायतका सामाग्री नगरपालिकाले सम्बन्धितलाई घरमै गएर उपलब्ध गराउने बताए ।