धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना आशंका गरिएका र कोरोना संक्रमित गरी १ सय ११ जनाको आइसोलेसनमा राखेर उपचार गरी डिस्चार्ज गरिएको छ । सुदूरपश्चिमका १४ अस्पतालका आईसोलेसनमा राखेर १ सय ११ जनाको उपचार गरिएको हो । मंगलबार सम्ममा १ सय ११ जनाको उपचार गरी घर फर्किएको र ५ जनाको अस्पतालमै उपचार भईरहेको सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । आईसोलेसनबाट उपचार गरी घर फर्किनेमा ४ जना कोरोना संक्रमित हुन ।
उनका अनुसार अहिले आईसोलेसनमा उपचाररत रहेका मद्ये सेती प्रादेशिक अस्पतालमा २ जना, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल अछाम र डडेल्धुरा अस्पतालको आईसोलेसनमा १/१ जना गरी ५ जना उपचाररत रहेका छन । जसमद्ये धनगढीको आईसोलेसनमा रहेकी एक महिला कोरोना संक्रमित हुन भने बाकी कोरोना परिक्षणको रिपोर्ट आउन बाकी बिरामी हुन ।
आईसोलेसनमा राखेर सबैभन्दा बढी सेती अस्पतालबाट ४१ जना डिस्चार्ज भएका छन । त्यस्तै बयलपाटा अस्पतालबाट १४, डडेल्धुरा अस्पतालबाट १३, जिल्ला अस्पताल अछामबाट ९, महाकाली अस्पतालबाट ८, जिल्ला अस्पताल डोटीबाट ६ र जिल्ला अस्पताल बैतडीबाट ५ जना डिस्चार्ज भएका छन । त्यसैगरी जिल्ला अस्पताल बाजुराबाट ४, भजनी प्राथमिक स्वास्थ्य केन्द्रबाट ३, टिकापुर अस्पताल, चौमाला प्राथमिक स्वास्थ्य केन्द, गोकुलेश्वर अस्पतालबाट २/२ र जिल्ला अस्पताल बझाङ र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १/१ जना डिस्चार्ज भएको मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।
साढे १५ हजार बढीको कोरोना परिक्षण
धनगढी – सुदूरपश्चिममा साढे १५ हजार बढीको कोरोना परिक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार दिएको जनाकारी अनुसार अहिले सम्म १५ हजार ७ सय ६१ जनाको कोरोना परिक्षण गरिएको हो । जसमा पीसीआर प्रबिधिबाट २ हजार ७ सय ७५ जनाको कोरोना परिक्षण गरिएको छ भने ¥यापिड टेष्टमा मार्फत १२ हजार ९ सय ८६ जनाको कोरोना परिक्षण गरिएकोे छ ।
पछिल्लो २४ घण्टामा १४ जनाको पीसीआर र ७ सय ३ जनाको ¥यापिड टेष्ट मार्फत कोरोना परिक्षण गरिएकोमा कुनै पनि नयाँ कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाकारी दिएको छ ।
सुदूरपश्चिममा हालसम्म ५ जना कोरोना पोजेटिभ देखिएकोमा ४ जना निको भएर घर फकिसकेका छन भने एक जना सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन ।