धनगढी – लकडाउनको अवधीमा धनगढी उपमहानगरपालिकाले आफ्नो नगरभित्रका अप्ठेरोमा परेका सुत्केरी तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
उप–नगरपालिकाले सुत्केरी, गर्भवती र प्रशव अवस्थाका महिलाहरु जसको आर्थिक अवस्था कमजोर रहेको त्यस्ता महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिईने वताईएको छ । धनगढी उप–महानगरपालिका तीनवटा प्रशुती गृह, सेती प्रादेशीक अस्पतालको प्रशुती गृह सम्म मात्रै निःशुल्क सेवाको ब्यबस्था गरिएको उप–महानगरपालिकाले जनाएको छ । धनगढी बाहिर जानलाई भने यो सेवा छैन ।
धनगढी उप–महानगरपालिका भित्रका अस्पतालहरुमा पु¥याउन यस्तो एम्बुलेन्स २४ अैं घण्टा उप–महानगरपालिकामा तयारी राखिएको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले भनिन्, यसको अर्थ एम्बुलेन्सको शुल्क तिर्न सक्नेले पनि निशुल्क पाउँछ भन्ने होइन ।
सुत्केरी, गर्भवती र प्रशव अवस्था भनेको अति शंवेदनशील अवस्था हो उप–प्रमुख भट्टले भनिन्, त्यस कारण धनगढी उप–महानगरपालिकाले यस्तो निर्णय लिएको हो । लकडाउनका कारण ज्यालादारी काम गर्न नपाएका मजदुर परिवार, अति बिपन्न र गरिव परिवारमा समस्या हुने भएकाले एम्बुलेन्स सेवा निःशुल्क गरिएको उप–प्रमुख भट्टले बताईन ।
एम्बुलेन्स सेवाका लागि से १ च १२१८ नम्बरको एम्बुलेन्स तयारी अवस्थामा रहेकाले समस्यामा परेका र शुल्क तिर्न नसक्नेलाई नगरप्रमुख, उप–प्रमुखको ब्यक्तिगत मोवाईल नं वा एम्बुलेन्स चालकको मो नं ९८६८५७२३७७ मा सम्पर्क गर्न भनिएको छ ।