अत्तरिया - कैलालीको अत्तरिया स्थित पदमा अस्पतालको बेडमा एक जना बिरामी विगत डेढ महिनादेखी थन्किएर बसेका छन् । डेढ महिना पहिले अत्तरिया स्थित महेन्द्रनगर रोडमा सवारी दुर्घटनामा परेर घाईते भएका उनलाई प्रहरीले उपचारका लागि अस्पतालमा पुञ्याएको भएपनि कोही आफन्तहरु सम्पर्कमा नआउदा उनी अस्पतालकै बेडमा थन्किएर बसेका हुन् ।
मानसिक अबस्था पनि ठिक नभएका अन्दाजी ५०–५५ बर्षका ति पुरुषको अहिले सम्म परिचय समेत खुल्न नसकेको पदमा अस्पताल प्रा.लीले जनाएको छ । दुर्घटनामा परेका ति पुरुषलाई प्रहरीले उपचारका लागि अस्पतालको जिम्मा लगाएपछि अहिले उनको सबै रेखदेख आफुहरुले नै गरिरहेको पदमा अस्पतालका प्रबन्ध निर्देशक डा. नर बहादुर मौनीले जानकारी दिए ।
'सवारी दुर्घटनामा परी उनको एउटा खुट्टा भाचिएको थियो, हामीले अप्रेशन गञ्र्यौ डा. मौनीले भने - खुट्टा भाचिएको अपरिचित मान्छेको हामीले निशुल्क उपचार त गञ्र्यौ पछि काहाँ पठाउने भनेपछि उनलाई बिगत डेढ महिनादेखी आफुहरुले नै रेखदेख गरिरहेका छौ ।'
कोरोनाको जोखिमलाई नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि उनलाई साझँ बिहान खाना खुवाउन निकै समस्या भैरहेको डा. मौनीले बताए । सम्पूर्ण औषधि उपचार खर्च अहिले सम्म अस्पतालले ब्यहोरेको बताउदै उनले साझँ बिहानको खाना , नास्ता र लुगा कपडा समेत अस्पतालले नै उपलब्ध गराइरहेको जानकारी दिए ।
'अहिले सम्म औषधि उपचारमा मात्रै डेढ देखी २ लाख रुपैया खर्च भैसकेको छ , न त नाम थाहाँ छ त न घरको ठेगाना छ' उनले भने - 'नाम सोध्दा राम्रो संग बोल्न सक्दैनन , लेख्न खेज्छन तर पनि सहि नाम र ठेगाना लेख्दैनन् ।' अन्य समय भन्दा यो बेला उनको रेखदेख गर्नका लागि निकै समस्या हुन थालेको अस्पतालले जनाएको छ ।
खुट्टा भाचिएपछि राम्रो संग हिडडुल गर्न नसक्ने उनलाई खाना खुवाउने , शौचालय ल्याउने लैजाने र लुगा फेरिदिने काम सबै अस्पतालका कर्मचारीहरुले गर्ने गरेको अस्पतालका डा. मौनीले बताए । उनले यस बारेमा सबै ठाउँमा जानकारी गराएपछि अहिले गोदावरी नगरपालिका वडा नं १ ले २ कठ्ठा चामल उपलब्ध गराएपछि त्यही खवाइरहेको बताए । यी पुरुषलाई चिन्ने वा उनको घरपरिवारलाई चिन्ने जो कोही भएपनि अस्पतालमा सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन् ।
यता ईलाका प्रहरी कार्यालय मालाखेतीले उनलाई ठक्कर दिने गाडीको पहिचान हुन नसकेको जनाएको छ । दुर्घटना भएदेखी निरन्तर अनुसन्धान गरिएपनि ति पुरुषको मानसिक अबस्थामा ठिक नभएकाले कुन गाडी ठक्कर दिएको हो भन्ने बारेमा एकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले बताए ।
मानसिक अबस्था ठिक नभएको र खुट्टा पनि भाचिएकाले उनलाई कहि कतै पठाउन नसकेको बताउदै डिएसी बिष्टले परिवार सम्पर्कमा आए घरमा पठाइने नभए खुट्टा ठिक भएर केही हिडडुल गर्ने भएपछि बर्दगोरियामा रहेको साहारा घरमा पठाइने बताए ।