काठमाडौँ – स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ५१ हजार ३ सय ६७ वटा कुल परीक्षण भएको जानकारी दिएको छ ।
गत चौबीस घन्टामा २ हजार ९६ वटा परीक्षण भएको हो । पिसिआरबाट ९ हजार ९ सय ३१ जनाको कुल परीक्षण भएको हो भने ¥यापिड टेस्टबाट ४१ हजार ४ सय ३६ जनाको परीक्षण भएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।
यस्तै हाल देशभर १७ हजार २५ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ । आइसोलेसनमा भने कुल ११० जना रहेको जसमा उपत्यका भित्र ६ जना र उपत्यका बाहिर १०४ जना रहेको उनले जानकारी दिए ।
यस्तै उनले रेडजोनमा देशभर २ सय ९६ जना रहेको बताए, जसमा गत चौबीस घन्टामा ६ जना रेड जोनमा परेका हुन् ।
यस्तै सरकारले प्रदेश नम्बर २ मा परीक्षणको दायरा थप बढाएको छ । प्रदेशका ८ वटै जिल्लामा नमूना परीक्षणका लागि १ हजार २७ वटा नमुना संकलन भएका छन् । संकलित नमुनाहरुको परीक्षण जारी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
पर्सामा दुई जनामा कोरोना भाइरस संक्रमण देखिए सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ ।
५१ जनामा कोरोना पोजेटिभ
नेपालमा अहिले सम्म ५१ जना कोरोना पोजेटिभ देखिएका छन । आईतबार २ जनामा कोरोना संक्रमण देखिएसंगै कोरोना संक्रमितको संख्या ५१ पुगको छ ।
हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ । यस्तै ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।