डडेल्धुरा – हातेमालो समाज नेपालले डडेल्धुराको अमरगढी नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । हातेमालो समाज नेपालले ४५ हजार बराबरको खाद्यान्न आईतबार अमरगढी नगरपालिकालाई सहयोग गरेको हो । हातेमालो समाज नेपालले अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझालाई सो सामाग्री सहयोग गरेको हो ।
सरकारले ‘लकडाउन’ गरेपछि दैनीक ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुको समस्यालाई मध्ये नजर गर्दै अमरगढी नगरपालिकालाई खाद्यान्न सहयोग गरेको हातेमालो समाज नेपालका अध्यक्ष अमर भाटले जानकारी दिए । ४५ हजार रुपैया बराबरको ९ क्विन्टल चामल, ६० किलो दाल बितरण गरिएको अध्यक्ष अमर भाटको भनाइ छ ।
‘अमरगढीमा पनि थुप्रै व्यक्तिहरु दैनीक ज्याला मजदुरी गरेर घर खर्च चलाउँछन । ‘लकडाउन’ भएपछि अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई केही मात्रामा सहज होस् भनेर खाद्यान्न सहयोग गर्यो ।’ उनले भने, ‘आगामि दिनमा पनि हातेमालो समाजले सहयोगका कार्यक्रमलाई निरन्तरता दिने छ ।’
बिश्वभरी फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) लाई मध्यनज गदै गरेको सानो सहयोगले कसैको साँझ विहानको छाक टर्छ भने यो नै आफूहरुका लागि खुसिको कुरा हुने उपाध्यक्ष तिर्थ राज भट्टले बताए ।
विपतको घडिमा सहयोगको भावना राखेर हातेमालो समाज नेपालमा आबद्ध सबैको आर्थिक सहयोगले खाद्यान्न हस्तान्तरण गरेको कोषाध्यक्ष पदम पाठकले जानकारी दिए । साथै उनले हातेमालो समाज नेपालमा आबद्ध भएर सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
विभिन्न सघंसस्था बाट आएको खाद्यान्नले राहत वितरणमा सहज भएको भन्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले हातेमालो समाज नेपाललाई धन्यवाद व्यक्त गरे । नगरप्रमुख ओझाका अनुसार सो खाद्यान्न अमरगढीका अति विपन्न तथा दैनीक ज्याला मजदुरी गरेर खाने परिवारलाई वितरण गरिने छ । खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरी बल ५२ गुल्म डडेल्धुराले सहयोग गरेको थियो ।