धनगढी -नेपाल ल क्याम्पस मिलिनियम ब्याचका विद्यार्थीहरुले कोरोना भइरस ( कोभिड १९) को चेकजाँच र रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री धनगढी उप–महानगरपालिका लाई हस्तान्तरण गरेको छ ।मिलिनियम ब्याचका सदस्य ठेकेन्द्र राज जोशीले आईतबार धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन।
सो अबसरमा नगरप्रमुख वडले नेपाल ल क्याम्पस मिलिनियम ब्याचका विद्यार्थीहरुले उदारणणिय काम गरेको बताए । नगरप्रमुख वडले असहज अवस्थामा सहयोग गरेको भन्दै नेपाल ल क्याम्पस मिलिनियम ब्याचका विद्यार्थीहरुलाई धन्यवाद ब्यक्त गरे ।
मिलिनियम ब्याचका विद्यार्थीहरुले १ वटा थर्मगन, सर्जिकल मास्क २ हजार वटा, सर्जिकल ग्लोब्स २ हजार वटा , तीन लियरको मास्क १०० वटा, २०० कपडाको मास्क, ५ सेट पिपिई अनी १५ लिटर हेन्ड सेनिटाइजेर धनगढी उप–महानगरपालिकालाई हस्तान्तरण गरेका हुन ।
मिलिनियम ब्याचका फन्ड कोडिनेटर उमेश बिक्रम शाहका अनुसार नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, बेल्जियम अनी जर्मनीमा बस्ने ८२ जना साथीहरु मिली लगभग ९० हजार बराबरको स्वास्थ्य सामाग्री उपलब्द गराएको बताए ।
उनले धनगढीमा गरिएको सहयोग जस्तै देशका अन्य स्थानहरुमा पनि सहयोग गर्ने मिलिनियम ब्याचको को सोच रहेको बताए।