अत्तरिया - कैलालीको गोदावरी नगरपालिका भित्र बिभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाइनमा रहेकाहरुलाई नगरपालिकाले बिदाइ गरेको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि भारत र तेस्रो मुलुकवाट आएकाहरुलाई नगरपालिकाले तेघरीमा रहेको सैनिक स्कूल , मालाखेती अस्पताल र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनेमा राख्ने गरेको छ ।
क्वारेन्टाइनमा १४ दिन बिताएका व्यक्तिको आरडिटी (¥यापिड डायग्नोष्टिक टेष्ट) परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि त्यस्ता व्यक्तिलाई थप सात दिन घरमा सेल्फ क्वारेन्टाइन बस्ने गरी घर पठाइरहेको गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
उनका अनुसार सोमवार दुर्गालक्ष्मी क्याम्पसमा रहेका ३० जना र सैनिक आवाशिय बिधालयमा रहेका ५ जना गरी ३५ जनालाई बिदाई गरिएको हो ।
लकडाउनको समयमा पूर्वी नेपालवाट आएकाहरुलाई उद्धार गर्दै प्रदेश सरकार मातहत रहेको दुर्गालक्ष्मी क्याम्पसको क्वारेन्टाइनमा राखिएका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी , दार्चुला , डडेलधुरा , बाजुरा र बझाङका ३० जना र सैनिक स्कूलमा रहेका ५ जना गरी ३५ जनालाई बिदाई गरिएको प्रबक्ता भट्टले बताए ।
उनले सम्बन्धित स्थानिय तहहरुसंग समन्ब्य गर्दै उनीहरु सबैलाई आआफ्नो घर पठाइएको बताए । प्रबक्ता भट्टले मालाखेती अस्पतालमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका २१ जना घर फर्किसकेका छन् । उनीहरुको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि केही दिन पहिले सबैलाई घर पठाइसकेको उनले बताए ।
यस्तै सैनिक स्कूलको क्वारेन्टाइनमा २७ जना रहेकोमा ५ जना मध्ये सबैको डिस्चार्ज भैसकेको उनले बताए । दुर्गालक्ष्मी क्याम्पसको क्वारेन्टाइनमा रहेका ६८ जना मध्ये ३० जना घर गएपछि ३८ जना बाकिँ रहेका छन् । अब सैनिक स्कूलमा ५ र क्याम्पसमा ३८ जना गरेर जम्मा ४३ जना क्वारेन्टाइनमा रहेका छन् ।
गोदावरी नगरपालिका भित्र भारत तथा तेस्रो मुलुकवाट आएर नगरपालिकाको सम्पर्कमा रहेका ५ सय ६८ जना मध्ये ५ सय ५७ जनाको र्यापिड टेष्ट गरिएको प्रबक्ता भट्टले बताए । उनले र्यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको बताए । नगरपालिकाले अत्तरियामा रहेको सुदूरपश्चिम सामादायिक अस्पतालमा २० बेडको आइसोलेसन बार्ड निर्माण गरेको छ । यद्धपी उक्त आईसोलेसनमा अहिले सम्म एक जना पनि बसेका छैनन् ।
भारत तथा तेस्रो मुलुकवाट आएर घरमै सेल्फ क्वारेन्टाइनमा बसेका र पैदल नै हिडेर बिभिन्न ठाउँहरुमा गइरहेकाहरु माथि नगरपालिकाले निगरानी बढाएको उनको भनाई छ । लामो समयदेखी घर जान नपाएकाहरु क्वारेन्टाइनवाट मुक्त भएपछि खुसी भएका छन् ।