अत्तरिया – कोरोना भाइरस एक्काइसौं शताब्दीकै सबैभन्दा ठूलो विश्व स्वास्थ्य चुनौतीको रुपमा देखापरेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड –१९ अहिले विश्वका लागि सबैभन्दा ठूलो स्वास्थ्य संकट बनेको छ । यही संकटमा अहिले अग्रमोर्चामा लड्ने लडाकु बनेका छन स्वास्थ्यकर्मी ।
दोस्रो विश्वयुद्ध पछिको ठुलो संकटका रुपमा लिईएको यस लडाईमा लड्न सहज छैन । अहिले सम्म रोगको बारेमा पूर्ण जानकारी र औषधी पत्ता लाग्न नसकेको अवस्थामा स्वास्थ्यकर्मीहरु बिना हतियारका लडाकु बनेका छन । स्वास्थ्यकर्मीको उच्च मनोबलका कारण अहिले सम्म नेपालमा पनि कोरोना बिरुद्धको लंडाई जारी छ ।
यहि लडाईकी एक पात्र हुन उषा । कैलालीको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत उषा बलम्पाकी (भट्ट) कोरोना भाईरस विरुद्धको लडाईको अग्र मोर्चामा खटिएकी छिन् । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका बिच अन्य स्वास्थ्यकर्मी जस्तै उषा पनि खटिएकी छन् । पछिल्लो समय उनले न शनिबार भन्न, पाएकी छिन न त विदा नै ।
२६ बर्ष स्वास्थ्य क्षेत्रमा काम गरिसकेकी भट्ट अहिले आफ्नो सरकारी जागिरको अन्तिम समयमा कोरोना विरुद्धको मोर्चामा लडिरहेकी छिन । ‘बिहान कहिले ७ बजे नै घरबाट हिन्नु पर्छ, साँझ कहिले ६–७ बज्छ,’ भट्टले भनीन्, ‘हाम्रो नगरपालिकामा १ ओटा आईसोलेसन ३ ओटा क्वारेन्टाईन छन । ति सबैमा समय–समयमा बिभिन्न समस्या आईरहेका हुन्छन हामीहरुले सबै व्यवस्थापन गर्नु पर्छ हाम्रो टिम त्यसमा लागिरहेको हुन्छ ।’
उनले आफूहरु अहिले २४ घण्टा अलर्ट भएर बसिरहेको बताईन् । ‘फोन आउन्छ फोन आउने बितिकै पुग्नु पर्छ ।’ उनले भनीन् ‘कहिले वडा अध्यक्षहरुले बाहिरबाट नयाँ मान्छे आए आउनुप¥यो भन्नुहुन्छ, हामीले तुरुन्त पुग्नु पर्छ ।’ उनले क्वारेन्टाइनमा बसेकाहरुको खान, औषधी देखि लिएर डिस्चार्ज गर्ने सम्मका जिम्मेबारीका लागि नगरपालिकाको टिम संगै आफू पनि खटिएको बताईन । पहिलो गर्ने नियमित सबै काम थाती राखेर सबै जना कोरोना बिरुद्धको अभियानमा २४ घण्टा खटेको भट्टले बताईन् ।

कोरानो संग डराएकी छैन, यसको अन्त्य नहुँदा सम्म काममा लागिरहने छु
नेपालमा अहिले सम्म ३१ जना कोराना संक्रमित देखिएर २८ जना उपचाररत रहेका छन । स्वास्थ्यकर्मीको उच्च मनोबलका कारण अहिले सबै संक्रमित र जोखिममा रहेकाहरुले उपचार पाईरहेका छन । स्वास्थ्यकर्मी भट्टले पनि अहिलेको समयमा आफूहरुको काधमा ठुलो जिम्मेबारी रहेको बताईन् ।
'अहिलेको विशेष परिस्थितिमा पनि जनताको सेवा गर्न पाउँदा खुसी नै छु ,' उनले भनीन् ,‘स्वास्थ्यकर्मी पनि घर भित्र बसेर सुरक्षित हुन चाहन्छन् तर पनि हामी अरुको सेवाका लागि जोखिममा खटिएका छौ । हामी अरुको सुरक्षाका लागि खटिएको भएपनि अरुले घरभित्र बसिदियो भने हामीलाई काम गर्न निकै सजिलो हुन्छ ।’
आमा सुरक्षा कार्यक्रममा लामो अनुभव बटुलेकी भट्टले भनीन् ‘म यो उमेरमा पनि कोरोना संग डराएकी छैन । अहिले जहाँ जानु परे पनि गएर काम गरकी छु । आगामी दिनमा पनि म यो कोरोनाको लडाईमा लागिरहने छु ।
सुरक्षा उपकरणको अभावमा काम गर्दै
महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्नका लागि औषधी नबनेको भएपनि यसको संक्रमण हुन नदिनबाट बच्न स्वास्थ्य उपकरण प्रयोग गर्ने गरिएको छ । त्यसमा पनि जोखिमयुक्त ठाउँमा जानुपर्नेलाई यसको झन बढी आवश्यकता भएपनि स्वास्थ्यकर्मीहरु सुरक्षाका उपकरणको अभावमा काम गर्न बाद्य छन । बिभिन्न जोखिमयुक्त ठाउँमा जानुपर्ने भएपनि सुरक्षाका उपकरणको भने अभाव रहेको भट्टले बताईन ।‘अहिले सम्म एन– ९५ मास्क समेत पाएका छैनौ ।’ उनले भनीन् ‘नगरपालिका मार्फत किन्न धेरै प्रयास गरेको भएपनि कतै पाईएनन् ।’ गोदावरी नगरपालिका स्वास्थ्य शाखाकी सहायक प्रमुख समेत रहेकी भट्टले नगरपालिकाले आवश्यक सामान खरिद गर्न भनेको भएपनि कतै पाउन नसकेको बताईन ।
यो रोग सर्ने माध्यम भनेको नाक, मुख, आँखाबाट भएको बताउँदै उनले ति अंङ्ग छोप्ने माध्यमा एन – ९५ मास्क भएको बताईन् । दिनभरी फिल्डमा खटिने भट्ट घरमा भने आफू छुटै होम क्वारेन्टाईनमा बसेको बताईन् ।

क्वारेन्टाईनमा बसेकाहरुको पिडा देखेर दुःख लाग्छ
अहिले बिशेष गरेर भारतमा दैनिक मजदुरी गरी खानेहरु हिडेरै घर आउन बाद्य छन । त्यसमद्ये कोही सीमामा अलपत्र परेका छन भने जसोतसो नेपाल आएकाहरुलाई पनि अनिवार्य क्वारेन्टाईनमा राखिने गरेको छ । जुन कोरोना संक्रमण फैलिन नदिनका लागि अतिआवश्यक भएपनि बिभिन्न ठाउँबाट समस्यामा परेर आएकाहरुलाई घर जानबाट रोकेर क्वारेन्टाईनमा बसाउनु पर्दा निकै पिडा लाग्ने गरेको भट्टले बताईन् ।
‘महाविपत फैलिएको समयमा सरकारले गरेको लकडाउनलाई मानैपर्ने हुन्छ । धेरै टाढाबाट १०/१२ दिन सम्म हिडेर आएकाहरुलाई घर जान नदिएर क्वारेन्टाईनमा राख्नुपर्ने बाद्यता छ ।’ उनले भनीन् ‘यसरी निकै दुःख गरेर आएकाहरुलाई घर जान नदिएर क्वारेन्टाईनमा राख्नुपर्दा मनमा दुःख त लाग्छ तर बाद्यता र परिस्थितिले यस्तै बनाएको छ गर्नैप¥यो ।’
दैनिक जसो क्वारेन्टाईनको निरिक्षणमा गईरहने भट्टले क्वारेन्टाईनमा बसेकाहरुको व्यक्तीगत पिडा सुनेर निकै दुःख लाग्ने गरेको बताईन् । उनले क्वारेन्टाईनबाट पाईने सेवामा भने अहिले सम्म कुनै कमि हुन नदिएको बताईन् ।
सबैले लकडाउनको पालना गरौं
नगरपालिकाका १२ ओटै वडामा स्वास्थ्य सेवा दिन खटिरहेकी भट्टले अहिलको लागि कोरोनाको औषधी भनेकै लकडाउन भएको बताईन् । उनले लकडाउनमा घरभित्र बसेर मात्रै यसबाट बच्न सकिने बताईन् ।
तर अहिले धेरैले लकडाउनलाई मनोरञ्जनका रुपमा पनि लिएको देखेकी छु । ‘लकडाउनमा दिउँसो घरमा बस्ने तर साँझ– बिहान घरबाहिर घुम्ने प्रहरी देखेपछि भने भित्र जाने गरेका छन जसले निकै जोखिम बढाएको छ ।’ उनले सबैलाई लकडाउनको पालना गर्न पनि आग्रह गरिन् ।
गोदावरी न्युज संग गरेको कुराकानीमा आधारीत