काठमाडौँ– सरकारले देशैभरी पीसीआर र आरडीटी प्रबिधिबाट २७ हजार ४ सय ७१ नमुनाको कोरोना परिक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
यस्तै ¥यापिड डाइग्नोष्टिक टेष्ट (आडीटी) विधिमार्फत १९ हजार ४ सय ५४ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८० जनार्को यापिड टेष्ट गरिएको छ ।
सुदूरपश्चिमका ७ हजार ७ सय परिक्षण
सुदूरपश्चिममा आरडीटी र पीसीआर प्रबिधिबाट ७ हजार ७ सय ९८ जनाको कोरोना परिक्षण गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ३ सय ३ जनाको ¥यापिड टेष्ट (आरडीटी) र २ हजार ४ सय ९५ जनाको पीसीआर प्रबिधिबाट कोरोना परिक्षण गरिएको छ ।
शुक्रबार सम्म आरडीटी र पीसीआर प्रबिधिबाट ७ हजार २ सय २८ जनाको कोरोना परिक्षण गरिएकोका आज थप ५ सय ७० जनाको परिक्षण गरिएको हो । पछिल्लो पटक परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।
¥याडिड टेष्ट मार्फत कैलालीमा अहिले सम्म २ हजार ७ सय ४६, कञ्चनपुरमा ४ सय ६८, बैतडीमा २ सय ५, दार्चुलामा ३ सय २४, डडेल्ुधरामा ११, डोटीमा ६ सय ७९, बझाङमा ४ सय ८६, अछाममा २ सय २१, बाजुरामा १ सय ६३ जनाको परिक्षण गरिएको छ ।
पीसीआर प्रबिधिबाट परिक्षणका लागि सुदूरपश्चिममा २ हजार ५ सय ७५ जनाको नमूना संकलन गरिएकोमा २ हजार ४ सय ९५ जनाको नतिजा आएको छ भने ८० नमुनाको नतिजा आउन बाकी छ । जसमद्ये यसअघि नै पाँच जनामा कोरोना पोजेटिभ आएको थियो ।
संक्रमित ५ मद्ये १ जनाको रिपोर्ट नेगेटिभ
सुदूरश्चिममा ५ जना कोरोना संक्रमित मद्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित मध्ये ४ जना संक्रमितको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ भने लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवकको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको हो ।
दोस्रो रिपोर्ट नेगेटिभ आएका लम्कीका युवाको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनलाई डिस्चार्ज गरिने डा जोशीले बताएका छन ।
-यापिड टेष्टमा पोजेटिभ देखिएका एक जनाको पीसीआर रिपोर्ट नेगेटिभ
डडेल्धुरामा गरिएको ¥यापिड टेष्टमा डडेल्धुरामा एक जनामा एन्टिवडी पोजेटिभ देखिएको भएपनि धनगढीमा गरिएको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार ¥यापिड टेष्टमा पोजेटीभ देखिएका डडेल्धुराको आलितालका एक युवाको रिपोर्ट आज गरिएको आरटी पीसीआर टेष्टमा नेगेटिभ आएको हो । मन्त्रालयले जारी गरेको आजको कोरोना अपडेटमा उनको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको उल्लेख छ ।