एजेन्सी – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ । यो हिजोको भन्दा बढी हो ।
अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।
संक्रमित मध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार विहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४९८ जनाको मृत्यु भएको छ भने ३१ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितमध्ये ५९ हजार ९८९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७६ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख १२ हजार ९७ जना उपचाररत छन् ।
कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार २ पुगेको छ । एकै दिन स्पेनमा ६८७ जनाको मृत्यु भएको छ ।
बितेको २४ घण्टामा ५ हजार ८९१ नयाँ संक्रमित फेला परेसँगै स्पेनमा १ लाख ९० हजार ८३९ जना कोरोना संक्रमित बनेका छन् । जसमध्ये ७४ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् ।
९६ हजार ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचार गरिरहेका मध्ये ७ हजार ३७१ को अवस्था गम्भीर छ ।
कोरोना भाइरसको संक्रमणबाट इटालीका २२ हजार ७४५ जना नागरिकले ज्यान गुमाएका छन् । एकै दिन ५७५ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार ४३४ पुगेको छ ।
संक्रमितमध्ये ४२ हजार ७२७ उपचारपछि निको भएर घर फर्किएका छन् । १ लाख ६ हजार ९६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २ हजार ८१२ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या १८ हजार ६८१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा फ्रान्समा ७६१ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म फ्रान्समा १ लाख ४७ हजार ९६९ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३४ हजार ४२० जना उपचारपछि फर्किएका छन् भने ६ हजार २७ जनाको अवस्था गम्भीर छ । ९४ हजार ८६८ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।