कोरोना तिमी नयाँ वर्षसँगै देश छोडेर जाउँ,
आफ्नै माटोसँग साईनो जोडेर जाउँ,
चाईनाबाट रातारात ईटली र अमेरिका,
धन्य छौ,वायुभन्दा बेगवान,
सत्य युगकी देवीभन्दा बलवान,
सलाम छ तिमीलाई दया गर,
विश्व बिरक्तिएको अबस्थामा छ,
सन्त्रासका धुनहरु गुञ्जिदैछन ,
यमराजका दुत भयर किन आयौ,
अमिरदेखि फकिर सम्म ,विद्वान देखि मुर्खसम्म,
बालकदेखि वृद्धसम्म, किन त्रसित बनायौ
कोरोना तिमी नयाँ वर्षसँगै देश छोडेर जाउ,
आफ्नै माटोसँग साईनो जोडेर जाउँ ।
मुसाफिर प्रदेशीलाई घर न घाटको बनायौ,
नयाँ वर्षको लुगा पनि बार्न लगायौ,
करोडौंका सपना चक्नाचुर बनायौ ।
ईतिहासको कुनै कालखण्डमा नझुकेको मेरो देश,
दरबार हत्या काण्डमा नथर्किएको मेरो देश,
बैशाख १२ को भूकम्पमा नतर्सिएको मेरो देश,
भोको पेटमा खाने ओखती नपाउने मेरो देश,
काटिएको घाउमा खुर्सानी छर्ने मेरो देश,
काचो पिना र रिठाले नुहाउने मेरो देश,
के को सेनिटाईजर खोज्छौ .......
कोरोना तिमी नयाँ वर्षसँगै देश छोडेर जाउँ
आफ्नै माटोसँग साईनो जोडेर जाउ ।
सगरमाथाको शिर र अन्नपूर्णको छाती घटाउदै छै रे,
सेती महाकाली सबैभन्दा बढी दुखि छन रे,
दोधारा चाँदनीको पुल छोटिदै छ रे ,
धरोहराको मृत्यु तिम्रै डरले भएको रहेछ ,
मार्सी धानको बीउ छर्न बाँकी छ तिम्रै कारण,
राताम्य लाली गुराँस झर्दैछन तिम्रै कारण ,
कोईली गीत नगायरै लुकेको छ तिम्रै कारण
पुतला,देउडा,घाँटु, सोरठी नृत्य सोध्दै थिए,,
कोरोना तिमी नयाँ वर्षसँगै देश छोडेर जाउ
आफ्नै माटोसँग साईनो जोडेर जाउ....
देशवासी मात्रै कहाँ प्रवासीलाई पनि दया गर,
अँगालो भरिका सपना बोकेका छन ,
मुटुभरिको माया छोडेका छन् ,
बिन्ति कोरोना प्रदेशीलाई फर्किन देउ,,,
स्वर्ग जस्तो मेरो देश भू नर्गमा ल्याउदै छौ,
तीन करोडलाई बन्दी खानामा राखेका छौ,
साँच्चै मलामीको पनि हाहाकार बनाउँदै छौ,
गरीब र दुखिको आगो निभाउदै छौ ,
कोरोना तिमी नयाँ वर्षसँगै देश छोडेर जाउ
आफ्नै माटोसँग साईनो जोडेर जाऊ ।
तिम्रो अपरिचितताले विश्व डरायो,
कलियुगको असर ? या कृतिम,
मेरो देशको के कुरा....
एउटै उपाय विन्ति कोरोना.....
गौतम बुद्धको उपदेश मान
जल जँगल र जडीबुटीले सराप्ने छ ,
पशुपति नाथले सराप्ने छन,
अझ बडीमालिका, नाटेश्वरी सत्य युगका दैत्यकै जस्तो हबिगत बनाउने रे
कोरोना तिमी....
बिन्ती कोरोना....
जाउँ कहिल्यै नफर्किने गरि जाउ
बाचा कसम खायर जाउ....
सबैलाई स्वस्थ बनाएर जाउ....जादुजस्तै
यो आँधीहुरी झुटो साबित गरेर जाउ....
लेखक – हिरा खडक (हिमाल) त्रिवेणी ६ बाजुरा