बझाङ – जिल्लाको जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खड्काको गाउँमा भिडभाड गरी राहत बितरण भएपछी सामाजिक संञ्जालमा चर्को बिरोध छाएको छ । जयपृथ्वी नगरपालिकाका वडा नम्बर ३ पडेसमा लकडाउनको समयमा बुधबार ठुलो भिड हुने गरी राहत विरतण गरेपछि सामाजिक संञ्जालमा चर्को बिरोध छाएको हो ।
सदरमुकाम चैनपुरमा बसेकाहरुलाई घर बाहिर आएमा प्रहरीले नियन्त्रण लिने गरेको भएपनि गाउँमा भने मेला पर्व जस्तै ठुलो संख्यामा जमघट हुने र राहत वितरण गर्दा समेत कुनै वास्ता नगरी राहत वितरण गरिएको हो ।
सरकारले बैशाख १५ गतेसम्म लकडाउन घोषणा गरिरहेका सदरमुकाम चैनपुर सँङ्गै जोडिएको मेयरकै गाउँ पडेसमा भने सरकारको लकडाउन उलङघन गर्दै ठुलो संख्यामा मानिसहरु राहत वितरण गरेपछि सामाजिक संञ्जालमा विभिन्न टिका टिप्पणी छाएको स्थानियहरुले बताएका छन ।
नेपालमा कोरोना संक्रमित भेटिएपछि सरकारले एक स्थानिय तहबाट अर्को स्थानिय तहमा आवत जावतमा समेत रोक लगाएको बेला नगरपालिकाले भिडभाड गरी राहत बितरण गरेर सरकारको निर्देशनको अटेरी गरेको जयपृथ्वी नगरपालिका ३ का बल बहादुर खडकाले बताए ।
सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन सर्बसाधारणलाई अनुरोध गरिरहेका बेला गाउँमा भने लकडाउनको कुनै प्रभाव परेको देखिदैन ।
धेरै मानिसहरु भेला गरी राहत बितरण गरेपछि जयपृथ्वी नगरपालिका ३ का जगत बिष्ट राहत बितरणलाई व्यंग्य गर्दै सामाजिक संञ्जालमा लेख्छन ‘यो मेरो पडेसको दृश्य हो । यहाँ कोरोना सोरोनालाई पडेसकाहरु भाँटा हानेर मारिदिन्छौ, फरक पर्दैन– नियम कानुन भन्दा त हामी कति माथि छौ कति’
त्यस्तै अर्का मष्टा गाउँपालिकाका दिपक रोकाया लेख्छन– ‘निर्माण का काम गर्न नदिई राहतको नाममा गाउँ गाउँ मेला भन्दा ठुलो भिडभाड बनाउनु यो राज्य को लकडाउन हो कि के हो ? राहत को नाममा कोरना त बाडिराखेका त छैनन् ?बाडेपनि नीति नियमको पालना गरी बाड्न सकिदैन होला ? मेरो देस ।’
दुर्गा प्रसाद लेख्छन, बझाङबासीमा कोरोना सम्बन्धी जन चेतनाको जरुरी देखिएको छ त्यस्तै चक्र बोहरा लेख्छन – ‘राहत बितरण गर्ने र लिने मान्छेलाई कोरोना आउदैन रे । तै पनि सदरमुकाम नजीक ।’राहत वितरणबारे थुप्रै टिका टिप्पणी सामाजिक संञ्जालमा अभिव्यक्त भएका छन ।
यस बिषमा वुझ्न खोज्दा जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडकाले भने विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको छ भिँडभाँड नगरी राहत बितरण गर्न भनेका थियौ, सुरुमा त भिँडभाँड नगरी सुरक्षित तरीकाले राहत वितरण गरेका रहेछन साझा परेपछी अन्तिममा पानी पर्न थालेपछि भिडभाड देखिएको र समाजिक सञ्जालमा पनि आफूले यस वारेमा थाहा पाएको बताए ।